दार्जीलिङ पहाड़मै प्रथमचोटि डोको ट्रेल रन

Share this news

सोनादा, 27 जून (निस):दार्जीलिङ पहाड़मा प्रथमचोटि डोको ट्रेल रन आयोजन हुने भएको छ। बस्तीको एउटा परम्पराको जगेर्ना तथा देशको सिमानामा दैनिक भारी बोकेर देश रक्षा गर्ने सेनाको सम्मान गर्दै उक्त ट्रेल रन गर्न लागेको आयोजक राजाहट्टा एक्सप्लोर ग्रुपको भनाइ छ। ग्रुपले आज प्रेस भीडियो जारी गर्दै उक्त ट्रेल रन आयोजनको आधिकारिक घोषणा गरेको छ। ग्रुपका मूलसचिव प्रताप राईअनुसार, राजाहट्टा एक्सप्लोर ग्रुपको तत्वावधानमा आगामी 2 नोभेम्बरमा राजाहट्टा खासमल बस्तीमा डोको ट्रेल रन आयोजन हुनेछ। ईको ट्रेल रन धेरै ठाउँमा आयोजन भए तापनि डोको ट्रेल रन भने दार्जीलिङ पहाडमै प्रथमचोटि आयोजन हुन लागिरहेको हो। उनले अझ बताएअनुसार उक्त रनमा भाग लिन चाहने ट्रेल रनरहरुका लागि आजदेखि आधिकारिक रुपमा अनलाइन अनि अफलाइन पञ्जीकरण आरम्भ भएको छ। अनलाइन फारमका लागि क्वीआर कोड साथै लिंक जो एक्सप्लोर ग्रुपको फेसबुक पेज मार्फत उपलब्ध रहेको अनि अफलाइन फारमका लागि आठमाइल बजारस्थित आनन्द छेत्रीको पसल साथै आरजे समीरसित सम्पर्क गर्न सकिनेछ। उनले थप जनाएअनुसार विशेषगरी छिमेकी मुलुक नेपाल, भूटान तथा छिमेकी राज्य सिक्किम, सिलगढी, तराई-डुवर्स तथा टाढा-टाढाका रनरहरुको लागि 50% छुटको साथमा खाने-बस्ने व्यवस्था पनि गरिनेछ । पञ्जीकृत रनरहरुले 1 नोभेम्बर बिहान 9 बजीदेखि अपरान्ह 3 बजी सम्म बीफ नम्बर संकलन गर्नुपर्ने तथा 2 नोभेम्बर बिहान 6 बजी रिपोर्टिङ गरि सक्नुपर्नेछ।मूलसचिव राईअनुसार राजाहट्टा एक्सप्लोर ग्रुप यसै वर्ष मात्र स्थापित सामाजिक संस्था हो। गत पर्यावरण दिवस पालनपछि अब दोस्रो कार्यक्रमको रुपमा डोको ट्रेल रनको आयोजन हुने तथा यसपछि ग्रुपले एकाधिक सामाजिक कार्यहरुसँगै यसप्रकारका कार्यक्रमहरु गर्दै लैजाने उनले बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त