साउथफिल्डमा पहिलो मुख्यमन्त्री बीसी रोयको जन्मोत्सव पालन

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): मंगलबार स्थानीय साउथफिल्ड कलेजद्वारा बिधान चन्द्र रोयको जन्म दिवस पालन गरियो। पश्चिम बंगाल राज्यको पहिलो मुख्यमन्त्री बीसी रोयकै सोचमा दार्जीलिङ पहाडमा सर्वप्रथम लरेटो कलेज नाममा वर्तमानको साउथफिल्ड कलेजको स्थापना भएको थियो। आज उनको जन्म दिवसमा कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा एउटा कार्यक्रमको आयोजना गरेर कलेजले बी सी रोयलाई स्मरण गरे। उनले तत्कालीन समयमा महिला कलेजको स्थापना गरेर दार्जीलिङका महिलालाई शिक्षाप्रति आकर्षित गरेका थिए। कार्यक्रममा कलेजका प्राचार्य डा. अनुराधा राईले उनको योगदानबारे अवगत गराए। स्मरण रहोस, डा. विधानचन्द्र रोयको जन्म तत्कालीन बेङ्गल प्रेसीडेन्सीका पटनामा 1 जुलाई 1882 सालमा भएको थियो। उनी एकजना डाक्टर सर्जन साथै राजनीतिज्ञ थिए। उनले बंगालमा धेरै शैक्षिक संस्था अनि सहरहरूको निर्माणमा आफ्नो योगदान पुऱ्याएका थिए। बङ्गालको सल्टलेक, कल्याणी, दुर्गापुर आदि सहरहरू बसाउनमा उनको महत्वपूर्ण योगदान रहेको थियो साथै वर्तमान समयको साउथफिल्ड कलेज पुरानो लरेटो कलेजको स्थापनामा पनि डा. बीसी रोयको योगदान अतुलनीय रहेको छ भनी जन्म दिवस समारोहमा जनाइयो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त