मिलिङमा नशालु पदार्थ रोकथाम सचेतनामुलक कार्यक्रम सम्पन्न

Share this news

दार्जीलिङ,30 जुलाई(निसं): मिलिङ चियाबगान बीच गाँउ रङ्गशाला भवनमा नशालु पदार्थ रोकथाम विषय जनचेतनामुलक कार्यक्रम दार्जीलिङ पुलिस जोरबङ्गलो थाना एंवम जुनकिरी एनजीओ-को सयुंक्त तत्वधनमा सम्पन्न भयो ।
कार्यक्रममा विशेष गरेर बर्तमान समय विशेष युवावर्ग नशालु पदार्थको सेवन अनि कुलत तिर धकिलरहेको अवस्थालाई  मध्यनजर राखेर युवाहरुलाई कुलत अनि नशालु पदार्थबाट टाडा राख्न अनि अभिभावकहरूलाई पनि आफ्नो छोरा-छोरीको क्रियाकलाप ‌माथि दृष्टि राख्न उक्त कार्यक्रम आयोजनाको उद्देश्य रहेको कार्यक्रममा जानकारी गराइयो। कार्यक्रममा दार्जीलिङ पुलिसको तर्फबाट साथै जोरबङ्गलो थानाको तर्फबाट प्रशासनको उच्च पदका अधिकारीहरु उपस्थित थिए।साथमा क्षेत्रीय सभासद  राजेश चौहान दिपक प्रधान लगायत अन्य विशिष्ट समाजसेवी व्यक्तिहरुको साथमा कुलत बारे अनि नशालु पदार्थ सेवन बिरुध्द बिभिन्न कार्यक्रमहरुमा उपस्थिति दिएर  युवावर्ग अनि समाजहरुमा सचेतना फैलाउदै आईरहेको प्रिमुश भुटिया प्रमुख अतिथिहरुको स्थानमा उपस्थित थिए। कार्यक्रममा दार्जीलिङ पुलिस अनि जोरबङ्गलो थाना बाट आएको प्रशासनिक अधिकारीहरुले नशालु पदार्थ सेवन अनि यसको कुप्रभाव अनि समाज र परिवारमा देखाह पर्ने कठिनाई र समस्याहरु माथि  आ-आफ्नो मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा क्षेत्रीय सभासद राजेश चौहानले पनि आफ्नो वक्तव्य राख्दै नशालु पदार्थ सेवन मुक्त समाजको निर्माण गर्नको निम्ति समाजको अनि परिवारको हरेक व्यक्तिको जिम्मेवारी जनाए।
प्रभात पाख्रीनले सञ्चालन गरेको कार्यक्रमको अन्त्य प्रिमुस भुटियाले  नशालु पदार्थ सेवन विरुध्द आफ्नो सकारात्मक व्यङ्ग्यत्म वक्तव्य प्रस्तुत गर्दै उपस्थित व्यक्तिहरुलाई हसाँउने कार्य पनि गरियो।
यस कार्यक्रम अवधि यस वर्ष माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा उत्तिर्ण हुने मिलिङ क्षेत्रका विद्यार्थीहरुलाई सम्बर्द्धना जनाउने कार्य ‌पनि गरियो । जसमा माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा सर्वोच्च अंक ल्याउने बिद्यार्थीहरुलाई सभासद् साथै डिपुटी चियरमेन राजेश चौहान अनि कुञ्जुला वाइबाको बाहुलीबाट आर्थिक पुरुष्कार पनि प्रदान गरियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त