दार्जीलिङ-सिलगढी यातायातको विकल्प सडकको डीपीआर सुरु

Share this news

दार्जीलिङ, 9 जुलाई(निसं): दार्जीलिङ लोकसभा सांसद राजुमा सांसद राजु विष्टको कार्यालयद्वारा जारी एक प्रेस विज्ञप्तिमा सांसद विष्टले दार्जीलिङदेखि सिलगढेको यातायातका लागि लेबुङ, दबाई पानी, र टिस्टा हुँदै एउटा वैकल्पिक राजमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)-को काम शुरु गरिएकोमा केन्द्रिय सड़क यातायात एवं राजमार्ग मन्त्री नितिन गडकरी र उनको मन्त्रालयप्रति हार्दिक आभार व्यक्त गर्दछु। यो दार्जीलिङ क्षेत्रका जनताका लागि एउटा महत्त्वपूर्ण पाइला हो।
सांसद विष्टले भनेका छन् , मैले पहिलेदेखि नै राख्दै  आएको अनुरोधलाई पुनः दोहोऱ्याउँदै दार्जीलिङ र सिलगढ़ीलाई जोड़्ने एउटा अर्को वैकल्पिक मार्गको मागमाथि विचार गर्ने आग्रह मन्त्रीसँग गरेको हु। ब्रिटिश शासनकालको बेलामा निर्माण गरिएको वर्तमान राष्ट्रीय राजमार्ग-110(पुर्व एनएच-55) अति नै साँगुरो छ जसले गर्दा स्थानीय निवासीहरू र पर्यटकहरूले घण्टौंसम्मको जाम र तनाउको सामना गर्न परिरहेको छ। उनले भने, प्रस्तावित नयाँ सिलगढ़ी-ओराली (दुधे, तल्लो बालासन क्षेत्र नजिक)-बालासन-धोत्रे-पासुमबेङ-घूम-दार्जीलिङ मार्गले वर्तमान सड़कहरूमा जाम कम गर्नमा सहयो गर्नेछ साथै यसले खरसाङको तल्लो क्षेत्र, मिरिक, सोनादा, रङबुल, धोत्रे-पासुमबेङ भ्याली, सुकिया पोखरी, अनि पोख्रेबुङ भ्यालीलाई पनि जोड्ने छ।  यसका लागि हाम्रो क्षेत्रका अनेकौँ गैर-राजनीतिक सङ्गठनहरूको समर्थनमा मैले मन्त्रालयमा अनुरोध बुझाएको थिएँ। एनएचआईडीसीएल- लाई यस मार्गको लागि सम्भाव्यता अनि संरचना अध्ययन गराउने अनुरोध गरेको थिएँ। यसका अतिरिक्त, मैले पर्वतमाला परियोजना अन्तर्गत घूम र दार्जीलिङवीच रोप-वे निर्माणको प्रस्ताव पनि राखेको छु। यसले एउटा स्वच्छ एवं दक्ष यातायात विकल्प प्रदान गर्नुसँगै ट्राफिकको चापलाई कम गर्नेछ, अनि सड़क मार्गमा घुइँचो अनि ट्राफिक जामलाई कम गरेर सम्पर्कतामा वृद्धि गर्नेछ। उनले भने अनुसार, मन्त्रालयको समर्थनले यो परियोजना चाँड़ै नै शुरु हुने छ भन्ने ठूलो आशा छ, हाम्रो दार्जिलिङ-सिलगढ़ी क्षेत्रका जनता यी अत्यावश्यक पूर्वाधार विकासमा सहयोग गर्न समर्थित छन्, सांसद विष्टले भनेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त