स्वास्थ्य केन्द्रमा डाक्टर अनि अरू सेवा

Share this news

राज्य र जीटीए स्वास्थ्य विभागका अधिकारीहरूले घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण सोमबार गरेका थिए। भ्रमण टोलीमा जीटीए मुख्य कार्यपाल अनित थापाका प्रतिनिधि दिवस छेत्री पनि सहभागी थिए। उनले लामो समयदेखि डाक्टरविहीन रहेको घैयाबारी स्वास्थ्य केन्द्रमा बागौडा स्वास्थ्य केन्द्रबाट डाक्टर स्थानान्तरण भएको जानकारी दिँदै नयाँ डाक्टरलाई स्वागत गरे। साथै, क्षेत्रमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए। छेत्रीले घैयाबारी क्षेत्रको स्वास्थ्य सेवाको अवस्थाबारे बोल्दै अस्पतालमा फेयर प्राइज दोकान, प्राविधिक कर्मचारी, ल्याब, कर्मबन्धु, र फारमेसिस्टजस्ता आवश्यक पदहरूको पूर्ति गर्नुपर्ने आवश्यकता औँल्याए।
भ्रमण टोलीमा उत्तर बङ्गाल स्वास्थ्य निर्देशनालय, उत्तरकन्याका डिप्टी निर्देशक (स्वास्थ्य सेवा), संयुक्त निर्देशक (उत्तर बङ्गाल जोन), सभासद नवराज छेत्री, र स्वास्थ्य विभागका प्रभारी सभासद श्याम शेर्पा सहभागी थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त