दार्जीलिङ-सिक्किम विलयको मुद्दा कुनै हालतमा सम्भव छैन: सन्दीप लिम्बू

Share this news

दार्जीलिङ,18 जुन(निसं): दार्जीलिङ अनि सिक्किम राज्यमा निकै चर्चामा आएको मुद्दा दार्जीलिङ-सिक्किम विलयलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा युवा नेता सन्दीप लिम्बुले कुनै हालतमा सम्भव छैन भनी बताएका छन्।
दार्जीलिङ-सिक्किम विलय मुद्दाबारेमा दार्जीलिङका विभिन्न नेतृत्वहरुले आ-आफ्नो पक्षबाट तर्क राख्दै आइरहेका छन्। यसैबीच गोर्खा राष्ट्रिय मुक्ति मोर्चा युवा नेता सन्दीप लिम्बुले दार्जीलिङ-सिक्किम विलय इतिहासलाई हेर्दा यो मुद्दा कदापि सम्भव नरहेको बताएका छन। एक भिडियो जारी गर्दै युवा नेता सुब्बाले यो मुद्दा पुर्णतः नकारेका छन् भने पटकपटक यो विषयमा दार्जीलिङ पक्षबाट कुरा उठाउनु तथा सिक्किमलाई चासो नदेखाउनु भनेको जबर्जस्त थोप्न खोजेको बुझिने लिम्बूले बताएका छन्। यसका साथै यो मुद्दाले सिक्किमवासीसंग दार्जीलिङवासीको रहेको मैत्रीपुर्ण सम्बन्ध बिग्रनसक्ने भएकोले यस्तो कदापि हुन नहुने सुब्बाको सुझाव दिएका छन्। उनले भनेका छन् , यसैगरी  इतिहासको कुरा गर्दै  इतिहासमा दार्जीलिङ सिक्किमको भुभागको साथमा कालेबुङ तथा डुवर्सको केही भुभाग भुटानको रहेको दस्तावेज छ, त्यसो भए के कालेबुङलाई भुटानसंग फर्काउन सम्भव छ त? उनले प्रश्न गरे। यी सबै इतिहास भएकोले इतिहासलाई भविष्य बनाउनुको साटो यसलाई मनन गर्नसके सबैको भलो हुनेछ, यसका साथै दार्जीलिङ सिक्किम विलयको मुद्दाले दार्जीलिङवासीको यो आकांक्षाहरु कुनै हालतमा पुरा नहुने बताउदै लिम्बूले सिक्किममा दुई प्रकारको नागरिकहरु रहेको तथा ती मध्येका सिक्किम सब्जेक्ट धारकहरुले मात्रै सिक्किममा सरकारी नोकरी पाउने प्रावधान रहेकोले दार्जीलिङ-सिक्किममा विलय भए पनि दार्जीलिङवासीले सिक्किम सब्जेक्ट नपाउने भएकोले दार्जीलिङवासीको आकांक्षा यस मुद्दाले कदापि पुरा नहुने लिम्बुको भनाइ छ।
उनले अझ भनेका छन्, यसैगरी  औंलामा गन्न सक्ने नेताहरुले गोर्खाहरुलाई दुई नम्बरको सिटिजन बनाउने कुचेष्टा गरेकोले यसको बिरोध गरिएको हो।  उनले अझ भने, भारत सरकारले सविधान मार्फत दार्जीलिङको भुभागलाई पश्चिम बंगालबाट छुट्टाएर सिक्किममा गाभ्न सक्छ, त्यो प्रवधान अवस्यै छ, तसो भए किन दार्जीलिङलाई त्यही संविधान मार्फत बंगालबाट छुट्टाएर अलग राज्य निर्माण गर्न सक्दैन। यसैले दार्जीलिङलाई सिक्किमसग होइन अलग्गै राज्य निर्माण गर्नुपर्छ त्यसले दार्जीलिङ तथा सिक्किम दवै क्षेत्रको हित हुन्छ।
 अर्कोतिर, हाल जनताले नकारिसकेका  केही नेताहरु जसमा डा. हर्कबहादुर छेत्री जस्ता नेताहरुले यस मुद्दालाई प्रोपोगण्डा बनाउदै दार्जीलिङ पहाडका जनमानसमा तथा सिक्किमवासीको बर्षौदेखिको सम्बन्धलाई बिगार्ने कुचेष्टा वाहेक केही नगरेको लिम्बुले बक्तब्य मार्फत आरोप लगाएका छन्। उनले अझै भनेका छन्,  भारत स्वतन्त्रता हुनभन्दा अघि दार्जीलिङ सिक्किमको तथा कालेबुङ भुटानको भुभाग भएको दस्तावेज छ तर त्यो अब कदापि सम्भव छैन। किनभने स्वतन्त्रताको समयमा भुटानसग भारत सरकारसग विशेष सम्झौता गरेर कालेबुङलाई भारतमा गाभेछ छ त्यस्तै दार्जीलिङलाई पनि सिक्किममा राजा समयमा विभिन्न प्रावधानले बाधेको छ। जबसम्म सिक्किम सारकारले दार्जीलिङ पहाडबारेमा चासो देखाउछ तब केहि हुनसक्ने आश देखिन्छ तर त्यो समय अहिले होइन, सिक्किम राज्यले स्थापनाको पचास बर्ष मनाईरहेको  छ, त्यसमा भाजो कदापि हाल्नु हुदैन। सिक्किम आफै शान्त भएर हासिरहेछ त्यसैमा रमाउन दिउ त्यो नै सबैलाई भलो छ,लिम्बुले बताए।
याद रहोस्, यसभन्दा अधि गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङले पनि यस मुद्दालाई पुर्ण रूपम छन् भने सिक्किम दार्जीलिङको सम्बन्धलाई निरन्तर रूपमा राख्नुपर्ने बताइसकेका छन् । त्यसपछि गोरामुमो युवा नेता लिम्बू भनाइले गोरामुमो पनि दार्जीलिङ-सिक्किम विलयको रूपमा नरहेको स्पष्ट रूपमा बुझिन्छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त