वन बाँच्यो भने हामी पनि बाँच्नेछौ, बनको संरक्षण मानव अस्तित्वको संरक्षण हो : अनित थापा

Share this news

दार्जीलिङ,17 जुलाई(निसं):  वन बाँच्यो भने हामी पनि बाँच्नेछौ। बनको संरक्षण हाम्रो अस्तित्वको संरक्षण गर्नु सरह हो भनी गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) चिफ एक्ज्युकेटिभ अनित थापाले बनमहोत्सव कार्यक्रम अन्तर्गत एउटा जनचेतना समारोहमा भनेका सम्बोधनमा बताए।
दार्जीलिङको एक प्रतिष्ठित विद्यालय माउण्ट हर्मोन विद्यालयको प्रेक्षागृहमा वन विभागले आज वन महोत्सव कार्यक्रम अन्तर्गत एउटा जनचेतना कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जीटीए मुख्य कार्यपाल अनित थापा मुख्य अतिथिको रुपमा उपस्थित थिए। थापाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने, जङ्गल अथवा वन बाँच्यो भने हामी पनि बाँच्नेछौ। त्यसैले वनको संरक्षण हाम्रो अस्तित्वको संरक्षण गर्नु सरह हो। थापाले वन विभागको चेतना मुलक कार्यक्रमको प्रशंसा गर्दै भने,आजको दिन जीटीए क्षेत्रमा म अनि मेरोको भावना होइन, हामीले भावना सृजना भएको छ। विभिन्न विभागहरू अनि जीटीए-को सहकार्यमा धेरै राम्रा कार्यक्रम हरू परिचालन भई रहेको छ। यो सहकार्यको संस्कार एकदमै सकरात्मक छ। यसलाई अघि बढाएर लैजानु पर्छ। थापाले अहिले गाउँ बस्तीमा पनि वन विभागको वन बचाऊ जागरूकता कार्यक्रमको कारण जंगल फस्टाएर गएको ठोकुवा गर्दै भने,  पहिला पहिला मानिसहरूको पछि वन विभागको कर्मचारीहरु लाग्ने गर्थे। आजकल गाउँले हरु बन संरक्षण प्रति धेरै जागरुक भएका छन्। अहिले वन संरक्षणको कार्यमा गाउँलेहरू गम्भीर छन्।उनले थप भने,हामी अहिले बुझदैछौ कि वन बाँचे मात्र मानिस बाँच्ने रहेछन्। त्यसर्थ वन संरक्षण माथिको जागरूकता विद्यालयहरूमा पनि हुनुपर्छ।बंगाल सरकारको वन होत्सव कार्यक्रम प्रत्येक वर्ष जुलाई महिनामा आयोजना गरिन्छ, जसको मुख्य उद्देश्य वृक्षारोपण, हरियाली संरक्षण, जैविक विविधता र पर्यावरण संरक्षणको महत्व बुझाउनु हो।पश्चिम बंगाल सरकारले 2025 सालमा यसलाई 14 देखि 20 जुलाईसम्म मनाएको छ, जसमा मुख्य राज्य-स्तरीय कार्यक्रम सिलगढीको बंगाल सफारीमा आयोजना गरिएको थियो। यस कार्यक्रममा सरकार, प्रशासन, स्कूल, कलेज, स्थानीय निकाय र आम नागरिकसँगै सामूहिक वृक्षारोपण, पौधा वितरण, जागरूकता कार्यक्रम आदि गरिन्छ। कार्यक्रमले हरियाली बचाउन, पर्यटन र प्रकृतिको सन्तुलन कायम गर्न र समुदायलाई पर्यावरण संरक्षणको प्रति प्रेरित गर्न मद्दत गर्छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त