विभिन्न कौशल विकास तालिमहरुको सञ्चालन

Share this news

पश्चिम बंगाल सरकारको उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकास तालिम अन्तर्गत तीनवटा नयाँ तालिमहरुको बिहीबार उदघाटन गरिएको थियो।‌ पश्चिम बंगाल सरकारको पश्चिम बंग सोसाइटी फर कौशल विकास विभाग, तक्निकी शिक्षा तालिम अनि कौशल विकास विभागको तर्फबाट खरसाङमा चलिरहेको 12 वटा विभिन्न कौशल विकास तालिमहरुसितै नयाँ तीनवटा तालिमहरु पनि शुरु गरिएको छ। उक्त कार्यक्रमको‌ उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जीलिङ जिल्ला शासक आइएएस डा. प्रीति गोयलले धूप द्वीप प्रज्वलनद्वारा गरेकी थिइन्। खरसाङको डाउहिलस्थित सुवास घिसिङ स्मृति सार्वजनिक भवनमा सम्पन्न कार्यक्रमलाई विश्व सुब्बाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण खरसाङ महकुमा शासक आइएएस बिन्दबासिनी तेजा दिपकले राखेका थिए। कार्यक्रमलाई जीटीए प्रमुख अनित थापा, दार्जीलिङ पोलिटिक्स कलेज खरसाङकी प्राचार्य दिपा प्रधान, टफिक मुस्ताफा लगायत अन्यहरुले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा डा प्रिति गोयल र अनित थापाको बाहुलीबाट प्रमाण पत्रहरु वितरण गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले राखेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त