जनगणना गोर्खाको एकरुपता र सामुहिकता देखाउने अवसर हो: भाजपा

Share this news

दार्जीलिङ, 20 जुन(निसं): जनसंख्या र जाति जनगणना 2026-27 कार्यलाई भाजपा दार्जीलिङ जिल्ला समितिले स्वागत गरेको छ।देशको सामुहिकता र एकरुपता देखाउ भनी भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष तथा प्रवक्ता एलएम लामाले भनेका छन्।
यस सम्बन्धमा भाजपा दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष तथा प्रवक्ता एलएम लामाले भनेका छन्, भाजपा नेतृत्वमा रहेको केन्द्रीय सरकारले देशव्यापी जनसंख्या लगायत जातिको जनगणना गराउने घोषणा गरिसकेको छ। यसलाई हामी हार्दिक स्वागत गर्दछौं। यो जनगणना 25 वर्षपछि भइरहेको छ। पछिल्लो जनगणना गत 2011 सालमा भएको थियो। उनले भने, यो 16ओैं राष्ट्रिय जनगणना हो। तर गत 2011 सालमा भएको जनगणनामा जातिगत जनगणना भएको थिएन। रिपोर्टको जानकारी अनुसार पहिलो चरणको जनगणना आगामी 1 अक्टोबरदेखि शुरु हुनेछ भने दोस्रो तथा अन्तिम चरणको जनसंख्या लगायतका जाति जनगणना आगामी वर्षको १ मार्चदेखि शुरु हुने घोषणा भएको छ। यो घोषणा भारतीय नेपाली भाषी गोर्खा जातिको निम्ति स्वागतयोग्य घोषणा मानेका छौं। यसले हामी भारतीय नेपाली भाषी गोर्खा जाति यहाँ कति छौं ? स्पष्ट हुनेछ।यसपल्ट हुने जनसंख्या अनि जातीय जनगणनालाई भारतीय नेपाली भाषी गोर्खा जातिको निम्ति हाम्रो एकरुपता र सामुहिकता देखाउने राम्रो अवसर हो। भारतीय नेपाली भाषी गोर्खा जाति देशको विभिन्न राज्यमा छरिएर बसोबास गरेका छौं। हाम्रो मूल थलो भनेको दार्जीलिङ पहाड,तराई, डुवर्स,सिक्किम, आसम, मणिपुर, मेघालय, दिल्ली, कोलकाता सलुवा आदि ठाउँहरु हो। धेरथोर अन्य प्रान्तमा पनि नेपाली भाषी गोर्खा छन्। तर सम्पूर्णमा हामी कति छौ ? यसको सही तथ्यांक छैन। यो उपलब्ध हुनु जरुरी छ।
उनले अझ भने, यो अवसरलाई भारतमा बसोबास गर्ने सबै गोर्खा जातिले अति सचेत र सावधानीपूर्वक एकै प्रकारका तथ्य दिने काम गर्नुपर्छ। विभाजित टेक र अडान  प्रस्तुत गर्नु भूल हुनेछ। पहिलेको भूल दोहोर्‍याउनु भावी पिडिलाई उत्पीडित गराउनु हो। उनले अझ भनेका छन् , यो सन्दर्भमा कसैले विवाद सृष्टि नगरौं । नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त भाषा हो। भारतीय गोर्खाहरुका भाषा सम्बन्धि विवाद जनसंख्या र जातिय गणनाको विषय होइन।यो विवाद भाषिक विद्वानहरुमाझको आलोच्य र तर्कका विषय हो। हामीले सरकारलाई देखाउने भनेको हाम्रो जनसंख्या र जातिय जनगणना मात्रै हुन्। यसप्रति सजक र सतर्क बसौं भन्ने अपील छ। नेपालका नेपालीहरुका राष्ट्रियता र भाषा दुवै नेपाली हुन्।यहाँ हामी भारतीय नेपाली भाषी गोर्खा जाति हौं। बंगलादेशका बंगला भाषी बंगालीहरु बंगलादेशी राष्ट्रियतामा पर्छन् भने पश्चिम बंगाल र त्रिपूरामा बस्ने भारतीय बंगालीहरु राष्ट्रियताको आधारमा भारतीय हुन्। जाति र  भाषा एउटै हो। यस्तै तमिलनाडुमा बस्ने भारतीय तामिल जाति र श्रीलंकाका तमिलहरुका जाति र भाषा एउटै भएपनि राष्ट्रियताको आधारमा बेग्लाबेग्लै हुन्।

 उनले भनेका छन् , जनसंख्या र जातिय जनगणनालाई सामुहिक र एकरुपता देखाएर सफल बनाउन साथै यो अवसर नगुमाउन हेतु भारतीय गोर्खा समाजका केही विज्ञ र प्रबुद्ध  व्यक्तिहरुले सबैलाई समेटेर जातिय हितमा अभ्यासहरु अघि बढाउनुपर्ने अति आवश्यक भएको पनि जानकारी गराउँदछु। जसमा दार्जीलिङ पहाड,तराई,डुवर्स, सिक्किम,आसम, भाक्सु देहरादुन आदि सबै स्थानका प्रवुद्ध प्रतिनिधिहरुसित सामुहिक छलफल शुरु गरौं। सबैलाई  अनुरोध गर्दछौं। यो विशेष विषयलाई राजनैतिक अभ्यासभन्दा बेग्लै भारतीय गोर्खा जातिको सामुहिक र एकरुपताको विशेष र आवश्यक आवाज बनाउने सर्वसम्मत कसरत गरौं। परिणामस्वरूप देशले पनि बुझ्न सकोस् कि हामी भारतको खाँटी राष्ट्रियता बोकेको एक समर्पित जाति हौं, एलएम लामाले भने।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त