
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

स्वतन्त्रता दिवस नकाउट खुल्ला फुटबल टुर्नामेन्टमा चार टीम अघिल्लो चरणमा

खरसाङका दुई खेलाड़ी राज्यस्तरीय जुडो प्रतियोगितामा

स्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू

स्वतन्त्रता दिवस नकाउट खुल्ला फुटबल टुर्नामेन्टमा चार टीम अघिल्लो चरणमा
खरसाङ, (निसं)ः खरसाङ महकुमा खेलकुद संघ अनि स्वाधीनता दिवस समारोह समितिको संयुक्त आयोजनामा बिहीवारदेखि स्वतन्त्रता दिवस नकाउट खुल्ला फुटबल टुर्नामेन्ट आरम्भ भएको छ। खरसाङ्को भिक्टोरिया बोईज स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको पहिलो खेल बिहीवार टुङ युनाइटेड अनि आईआईसी खरसाङ्माझ सम्पन्न भयो। यस खेलको पूर्वार्धमा कुनै दलका खेलाड़ीहरूले गोल गर्न सकेनन्। खेलको उत्तरार्धमा दुवै दलका खेलाड़ीहरूले आफ्नो दलको पक्षबाट 1-1 गोल गरे। खेलको अन्तिम सिटी रेफरीले फुक्दा दुवै दल 1-1 गोलको बराबरीमा रहेकाले खेलको निर्णय 5-5 पेनल्टी सुटाउटद्वारा गर्ने निर्णाय गरियो। पेनल्टी सुटाउटमा टुङ टुनाइटेडका खेलाड़ीहरू 4 गोल गर्न सफल बने भने आईआईसी खरसाङ्का खेलाड़ीहरूले 2 गोल मात्र छिराउन सफल बने। यसरी यो खेल टुङ युनाइटेडले जितेको छ। यस खेलको म्यान अफ द म्याच आईआईसी खरसाङ्का गोलकिपर शक्ति मंगरलाई चयन गरियो। दोस्रो खेल लिजेण्ड खरसाङ अनि महानदी युनाइटेडमाझ सम्पन्न भयो। निकै रोमाञ्चक रहेको यो खेलको पूर्वार्धमा दुवै दलका खेलाड़ीहरूले 1-1 गोल गरेका थिए भने खेलको उत्तरार्धमा महानदीका खेलाड़ीले 1 गोल गरे। यस प्रकार यो खेल महानदी युनाइटेडले 1 गोलको विरुद्ध 2 गोलले जितेको छ। महानदीका खेलाड़ी जर्सी नम्बर 7 वाङ्गेल तामाङले 2 गोल गरे भने लिजेण्ड खरसाङ्का खेलाड़ी जर्सी नम्बर 10 चिराग थापाले 1 गोल गरेका थिए। यस टुर्नामेन्टको दोस्रो दिनको खेल पनि शुक्रवार सम्पन्न भएको छ। शुक्रवारको प्रथम खेल युकेएफसी जुनियर अनि दिलाराम युनाइटेडमाझ सम्पन्न भयो। यस खेलमा दुवै दलका खेलाड़ीहरूले उक्तृष्ट खेलको प्रदर्शन गर्दै खेलेका थिए। खेलको समय पुरा हुँदासम्म दुवै दलका खेलाड़ीहरूले 3-3 गोल गरेकाले खेल पेनल्टी सुटाउटद्वारा निर्णय गरियो। पेनल्टी सुटाउटमा युकेएफसीका खेलाड़ीहरूले 4 गोल गरे भने युनाइटेड दिलारामका खेलाड़ीहरूले 2 गोल मात्र गर्न सके, यस प्रकार यो खेल युकेएफसी जुनियरले 5 गोलको विरुद्ध 7 गोलले जितेको छ। यस खेलमा म्यान अफ द म्याच युकेएफसी जुनियरका खेलाड़ी जर्सी न0 10 श्रीजल राई भए। दोस्रो खेल सेकेण्ड 11 जीआर अनि सन्तमेरिज एफसीमाझ सम्पन्न भयो। यस खेलमा सेकेण्ड 11 जीआरको दबाव खेलको अवधिभर देखियो। सेकेण्ड 11 जीआरका खेलाड़ीहरूले 5 गोल गरे भने सन्त मरिज एफसीका खेलाड़ीहरूले 1 गोल मात्र गर्न सके। यसरी यो खेल सेकेण्ड 11 जीआरले 1 गोलको विरुद्ध 5 गोलले जितेको छ। यस खेलमा म्यान अफ द म्याच सेकेण्ड 11 जीआरका जर्सीन न0 9 सुनिल तामाङ भए। यस खेलको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका अरविन्द छेत्री, ईश्वर राई, शौरभ शंकर, सुरेन गुरुङ अनि रिमिका प्रधानले गरेकाथिए। यस टुर्नामेन्टमा जम्मा 10 वटा टीमले भाग लिएका छन्, जसमा गत वर्षको विजेता टीम घुम्ती फुटबल क्लब अनि उपविजेता हिल्स फुटबल अकादामी पनि रहेका छन्। यस टुर्नामेन्टको फाइनल खेल आगामी 15 अगस्त स्वतन्त्रता दिवसको दिन भिक्टोरिया स्कूलको खेल मैदानमा सम्पन्न हुनेछ। खरसाङ महकुमा खेलकुद संघका उपाध्यक्ष फूर्बा घिसिङले बताए अनुसार यस टुर्नामेन्टको विजेता दललाई चार किलोग्राम चाँदीको विजेता कपको साथमा नगद राशि प्रदान गरिनेछ भने उपविजेता दललाई उपविजेता कप अनि नगद राशि प्रदान गरिनेछ।

खरसाङका दुई खेलाड़ी राज्यस्तरीय जुडो प्रतियोगितामा
खरसाङ, (मोहन प्रसाद): मार्शल आर्ट्स अनि फिट्नेस अकादमी खरसाङ्का दुई जुडो खेलाड़ी कलकत्तामा आयोजन हुनेे 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 जुनियर सिनियक मेन-वुमनमा आफ्नो अंशग्रहण गर्न गइरहेको

स्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू
गितडब्लिङको सन्त जोसेफ विद्यालयबाट नयाँ दिल्लीमा आयोजित अखिल भारतीय स्वतन्त्रता दिवस कराते कपमा विद्यार्थीको सहभागिता रहेको छ। विद्यालयबाट आदर्शना छेत्री, नियोलिक पन्दी लेप्चा र प्रशंसा छेत्रीले भाग लिएका छन्। विद्यालयले

स्वतन्त्रता दिवस नकाउट खुल्ला फुटबल टुर्नामेन्टमा चार टीम अघिल्लो चरणमा
खरसाङ, (निसं)ः खरसाङ महकुमा खेलकुद संघ अनि स्वाधीनता दिवस समारोह समितिको संयुक्त आयोजनामा बिहीवारदेखि स्वतन्त्रता दिवस नकाउट खुल्ला फुटबल टुर्नामेन्ट आरम्भ भएको छ। खरसाङ्को भिक्टोरिया बोईज स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको पहिलो खेल बिहीवार टुङ युनाइटेड अनि आईआईसी खरसाङ्माझ सम्पन्न भयो। यस खेलको पूर्वार्धमा कुनै दलका खेलाड़ीहरूले गोल गर्न

खरसाङका दुई खेलाड़ी राज्यस्तरीय जुडो प्रतियोगितामा
खरसाङ, (मोहन प्रसाद): मार्शल आर्ट्स अनि फिट्नेस अकादमी खरसाङ्का दुई जुडो खेलाड़ी कलकत्तामा आयोजन हुनेे 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 जुनियर सिनियक मेन-वुमनमा आफ्नो अंशग्रहण गर्न गइरहेको जानकारी अकादमीमा चेयरम्यान सन्दीप प्रधानले दिएका छन्। खरसाङ्मा पत्रकारहरूसित बोल्दै सन्दीप प्रधानले जनाए अनुसार, धेरै समयपछि राज्य सरकारको सम्बन्धित विभागद्वारा

स्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू
गितडब्लिङको सन्त जोसेफ विद्यालयबाट नयाँ दिल्लीमा आयोजित अखिल भारतीय स्वतन्त्रता दिवस कराते कपमा विद्यार्थीको सहभागिता रहेको छ। विद्यालयबाट आदर्शना छेत्री, नियोलिक पन्दी लेप्चा र प्रशंसा छेत्रीले भाग लिएका छन्। विद्यालयले उनीहरूलाई सफलताका लागि शुभकामना व्यक्त गरेको छ।
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन