
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

७३औं राज्य एथलेटिक्स च्याम्पियनसिपमा

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक
एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान

७३औं राज्य एथलेटिक्स च्याम्पियनसिपमा
कालेबुङका खेलाडीहरूले जिते 2 स्वर्ण, 1 रजत र 1 कास्य पदक कालेबुङ जिल्लाका खेलाडीहरूले कोलकाताको साल्टलेकस्थित साइ स्पोर्ट्स कम्प्लेक्स, विवेकानन्द युवा भारती क्रीडाङ्गनमा सम्पन्न ७३औं राज्य एथलेटिक्स च्याम्पियनसिपमा उल्लेखनीय सफलता हासिल गरेका छन्। जून १४–१५ र जुन २०–२२ सम्म दुई चरणमा सम्पन्न प्रतियोगितामा राज्यभरिका उत्कृष्ट खेलाडीहरूको सहभागिता थियो। कालेबुङ जिल्ला खेलकुद संघको प्रतिनिधित्व गर्दै सहभागी भएका टोलीले कूल ४ पदक २ स्वर्ण, १ रजत र १ कास्य जितेर राज्यभरका प्रतिस्पर्धीहरूमाझ आफ्नो उपस्थिति मजबुत रूपमा स्थापित गरे। अजय भुजेल ( अन्डर 20 वर्ग) १०,००० मिटर दौडमा स्वर्ण पदक, ५,००० मिटर दौडमा रजत पदक, सचिन छेत्री (अन्डर 23 वर्ग) ३,००० मिटर स्टिपलचेज दौडमा स्वर्ण पदक, ५,००० मिटर दौडमा कास्य पदक जित्न सफल भएको छ। त्यस्तै, अन्य प्रतिस्पर्धामा सहभागी खेलाडीहरूमा मदान भण्डारी (५,००० मिटर अन्डर 23), प्रबल क्षेत्री (५,००० मिटर र १०,००० मिटर पुरुष) र गोबिन्द सिंहा (१,५०० मिटर र ५,००० मिटर अन्डर 20) रहेका थिए। विशेषगरी, अजय भुजेल, जो याङमाकुम पान्बुका निवासी हुन्, र सचिन छेत्री, जो बागराकोटेबाट हुन्, उनीहरूले गान्तोकस्थित रेशीथाङ खेलमैदानमा ३ देखि ५ महिनासम्म कडा प्रशिक्षण गरेका थिए। आर्थिक कठिनाइबीच पनि उनीहरूले आफ्नो प्रशिक्षणलाई निरन्तरता दिँदै, परिवारको सहयोग र कालेबुङका जिल्ला अधिकारीको निरन्तर समर्थनको कारण उनीहरू सफल भएका हुन्। खेलप्रति उनीहरूको समर्पण, कडा मेहनत र आत्मबल उच्च प्रेरणाको स्रोत बनेको छ। उनीहरूले प्राप्त गरेका पदकहरूले केवल जिल्लालाई गौरवान्वित तुल्याएको मात्र होइन, कालेबुङ जिल्लामा रहेको खेल प्रतिभा र संघर्षशीलताको उजागर पनि गरेका छन्। यी युवाहरूको संघर्ष, लगनशीलता र सफलता सम्पूर्ण जिल्लाका लागि प्रेरणादायक बनिरहेका छन्। कालेबुङ जिल्ला खेलकुद संघले टोलीको सफलतामा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ धेरै खेलाडीहरूको उत्पादन र विकासका लागि आवश्यक सहयोग र अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। यस अवसरमा कालेबुङ जिल्लापाल बालासुब्रमण्यम टीले खेलाड़ीहरूलाई बाधाई दिँदै अझै अघि बढ्न प्रोत्साहन प्रदान गरे।

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक
कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक हालै सम्पन्न भएको छ। उक्त बैठकमा प्रति वर्ष आयोजना हुँदै आएका रवि लाल मेमोरियल र भानुबराल मेमोरियल फुटबल प्रतियोगिता सम्बन्धी विषयमा गहन छलफल गरिएको थियो।
एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान
दार्जीलिङ,21 जुन(निसं):दार्जीलिङको रामकृष्ण बीटी कलेजमा 11औं योगा दिवस कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा कलेजका प्रमुख प्राध्यापिका लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, डा. प्रियङ्का दुबे, शारीरिक शिक्षक कुमार तामाङसहित अन्य प्राध्यापक-प्राध्यापिकागण,

७३औं राज्य एथलेटिक्स च्याम्पियनसिपमा
कालेबुङका खेलाडीहरूले जिते 2 स्वर्ण, 1 रजत र 1 कास्य पदक कालेबुङ जिल्लाका खेलाडीहरूले कोलकाताको साल्टलेकस्थित साइ स्पोर्ट्स कम्प्लेक्स, विवेकानन्द युवा भारती क्रीडाङ्गनमा सम्पन्न ७३औं राज्य एथलेटिक्स च्याम्पियनसिपमा उल्लेखनीय सफलता हासिल गरेका छन्। जून १४–१५ र जुन २०–२२ सम्म दुई चरणमा सम्पन्न प्रतियोगितामा राज्यभरिका उत्कृष्ट खेलाडीहरूको सहभागिता थियो। कालेबुङ जिल्ला

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक
कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक हालै सम्पन्न भएको छ। उक्त बैठकमा प्रति वर्ष आयोजना हुँदै आएका रवि लाल मेमोरियल र भानुबराल मेमोरियल फुटबल प्रतियोगिता सम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। बैठकपश्चात् पत्रकारहरूलाई जानकारी दिँदै एसोसिएसनका सदस्य अशोक प्रसादले जानकारी दिए अनुसार, आगामी जुलाई १ देखि यी दुवै प्रतिष्ठित फुटबल टुनामेन्टहरू
एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान
दार्जीलिङ,21 जुन(निसं):दार्जीलिङको रामकृष्ण बीटी कलेजमा 11औं योगा दिवस कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा कलेजका प्रमुख प्राध्यापिका लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, डा. प्रियङ्का दुबे, शारीरिक शिक्षक कुमार तामाङसहित अन्य प्राध्यापक-प्राध्यापिकागण, अशिक्षण कर्मचारी साथै प्रशिक्षार्थीहरूका उपस्थिति थिए। कार्यक्रममा दीप प्रज्जलन गरेपश्चात् स्वागत भाषण र योगा विषयमा मनोदिव्या देवानले प्रस्तुत गरेका थिए।
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन