
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

खरसाङ सुपर लीग 2025

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ
तीनधारे ,18 जुलाई(निसं): तीनधारेमा पहिलोपल्ट 10 किलोमीटरको म्याराथन आयोजना गरिने भएको छ। तीनधारे रनर्स र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको संयुक्त आयोजनामा ’तीनधारे हिल 10 किलोमीटर रन’ आयोजना गरिने भएको छ। तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने भनिएको उक्त म्याराथनलाई लिएर आज बिहान तीनधारेमा ट्रायल रनको आयोजना गरिएको थियो। उक्त ट्रायल म्याराथन तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूल परिसरबाट शुरु भएर गोलाई पाखास्थित वी लभ तीनधारेसम्म आयोजना गरिएको थियो। यसै अवसरमा तीनधारे हिल 10 किलोमीटर रनको लागि पञ्जीकरण गर्नलाई अनलाइन र अफ् फारम दुवैको लागि उदघाटन गर्दै शुरुवात गरिएको छ। तीनधारेमा हुने भएको तीनधारे हिल 10 किलोमीटर रनमाथि आज भएको ट्रायल रनमा उपस्थित अतिथिहरु क्रमैले क्षेत्रीय सभासद नवराज छेत्री, पूर्व फुटबल खेलाडी धर्मराज थापा, शिक्षक प्रवीण राई र युवराज सुन्दास, युवा शक्ति खरसाङ महकुमा समितिको कार्यकारी सचिव अनुप गदाल, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सचिव अनिल राई, एल्डर मसीह प्रकाश मोक्तान लगायत अन्यहरु उपस्थित रहेका थिए। यसको साथै उक्त म्याराथनको लागि जर्सीहरु पनि अनावरण गरिएको छ। तीनधारेमा आयोजना गरिने भनिएको तीनधारे हिल 10 किलोमीटर रन’ लाई लिएर तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारेमा पहिलोपल्ट ’तीनधारे हिल 10 किलोमीटर रन’ आगामी 7 सेप्टेम्बरमा हुने भएको र यसमा क्षेत्रीय, राज्य र राष्ट्रिय स्तरका रहनहरुले भाग लिन सक्ने र यसको लागि आजदेखि अफ लाइन र अनलाइन पनि पञ्जीकरणको लागि खोलिएको जानकारी गराएका छन्। सभासद नवराज छेत्रीले यस म्याराथनमा सबैलाई भाग लिनलाई अनुरोध गरेका छन्। उनले यो म्याराथन तीनवटा वर्गमा आयोजना गरिने र यसमा पुरुषवर्ग, महिलावर्ग र 45 वर्षमाथिका उमेर भएकाहरुका लागि आयोजना गरिने जानकारी गराएका छन्। यस विषयमा तीनधारेका रनर मनिष माझीले पत्रकारहरुलाई सम्बोधन गर्दै तीनधारेमा पहिलोपल्ट म्याराथन 10 किलोमीटर र 6 किलोमिटरको आयोजना हुन लागेको र यो म्याराथन ड्रग्स रोकथामको सचेतनाको लागि आयोजना गरिने पनि बताएका छन्।

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो
खरसाङ, 15 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा अनि खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 को प्रिमियर डिभिजन अन्तर्गत निर्णायक खेल सम्पन्न भएको छ।

खरसाङ सुपर लीग 2025
खरसाङ, 17 जुलाई ( निसं): खरसाङ्ग फुटबल एसोसिएशन अनि युवा एवम् खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ
तीनधारे ,18 जुलाई(निसं): तीनधारेमा पहिलोपल्ट 10 किलोमीटरको म्याराथन आयोजना गरिने भएको छ। तीनधारे रनर्स र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको संयुक्त आयोजनामा ’तीनधारे हिल 10 किलोमीटर रन’ आयोजना गरिने भएको छ। तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने भनिएको उक्त म्याराथनलाई लिएर आज बिहान तीनधारेमा ट्रायल रनको आयोजना गरिएको थियो।

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो
खरसाङ, 15 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा अनि खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 को प्रिमियर डिभिजन अन्तर्गत निर्णायक खेल सम्पन्न भएको छ। खरसाङ्को गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको शुक्रवारको निर्णायक खेल प्रिमियर डिविजन अन्तर्गत युकेएफसी अनि केएफसीमाझ खेलियो।

खरसाङ सुपर लीग 2025
खरसाङ, 17 जुलाई ( निसं): खरसाङ्ग फुटबल एसोसिएशन अनि युवा एवम् खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको बाह्रौँ दिनको खेल सम्पन्न भएको छ। बिहीवार सम्पन्न भएको बाह्रौँ दिनको दुई वटा खेल सम्पन्न भएको छ। जसमा पहिलो खेल
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन