महकुमा खेलकूद संघद्वारा क्यारम प्रतियोगिता

Share this news

खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व धर्मे तामाङ, स्व राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि सिंगलमा ललित सेवाले जितेका छन् भने डबल्समा पनि ललित सेवा र प्रमीर राईको जोडीले जितेको छ। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न दुई दिवसीय क्यारम प्रतियोगिता 28 जून शनिबारदेखि शुरु भएको थियो भने 29 जूनको दिन दुवै वर्गको सेमी फाइनल र फाइनल खेल सम्पन्न भएको थियो। पहिलो सेमी फाइनल खेलमा प्रभास थापा र विकास छेत्रीको‌ जोडीलाई विपन आले र अभिषेक गोयलको जोडीले जितेर फाइनलमा प्रवेश गरेका थिए। दोस्रो सेमी फाइनलमा ललित सेवा र प्रमीर राईको जोडीले जितेर फाइनलमा प्रवेश गरेको थियो। फाइनल खेलमा विपन आले र अभिषेक गोयलको जोडीलाई ललित सेवा र प्रमीर राईको जोडीले 20-23 को अन्तरले जितेर स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको‌ डबल्सको उपाधि जितेको छ। त्यसरी नै सिंगलमा ललित सेवाले गत वर्षको च्याम्पियन नकुल छेत्रीलाई पराजित गरेर उपाधि जितेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त