CAP general meeting held in Sakyong

साक्योङमा सीएपीको समष्टिस्तरीय बैठक सम्पन्न

Share this news

सिटिजन एक्सन पार्टी-सिक्किमको सिङ्ताम–खाम्दोङ समष्टि अन्तर्गत, साक्योङ वार्डस्थित समष्टिमा सिटिजन एक्सन पार्टी–सिक्किमको समष्टि स्तरको विशेष बैठक सम्पन्न भयो। वरिष्ठ नेत्री श्रीमती सुमती क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा समष्टिका सक्रिय नागरिकहरूको उल्लेखनीय उपस्थिति रह्यो। बैठकमा संगठन सुदृढीकरण, जनजागरण तथा भावि रणनीतिमा केन्द्रित छलफल भयो। सोही अवसरमा विभिन्न पृष्ठभूमिका ११ जना नयाँ सदस्यले पार्टीमा सामेल हुँदै नीति, उद्देश्य र नेतृत्वप्रति आस्था व्यक्त गरे।
यस सभामा, युनिट स्तरीय परिषद (UVC) तयार गर्दै निम्न प्रतिनिधिहरू चयन गरियो। सिमिक आरिटार –केसाङ काजी, सिमिक – शुभलाल शर्मा, दोछुम –अरुण राई अनि अप्पर चिसापानी – श्रीमती शुभ लच्छी राई।
बैठकमा विशेष अतिथिका रूपमा गान्तोक जिल्ला महिला परिषद् अध्यक्ष श्रीमती शान्ति तामाङको उपस्थिति रहेको थियो। नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै नेत्री श्रीमती सुमती क्षेत्रीले सिक्किमलाई सक्षम नेतृत्व दिने सामर्थ्य सीएपीका नेता गणेश राईसँग मात्र रहेको बताउँदै जनसेवामा दृढ प्रतिबद्धता आवश्यक भएको धारणा राखिन्। बैठकले जनचाहना अनुरूप अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको सीएपी,सिङ्ताम–खाम्दोङ समष्टि अध्यक्ष वसन्त थापाले जानकारी दिएका छन्।

CAP general meeting held in Sakyong

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त