bservance of Herbs

हाम्रो स्वाभिमान ट्रस्ट, प.ब.द्वारा जडीबुटी दिवस पालन

Share this news

हाम्रो स्वाभिमान ट्रस्ट, पश्चिम बङ्गाल राज्य समितिले सोमबार जडीबुटी दिवस पालन गरेको थियो। पतञ्जली योगपीठ र हाम्रो स्वाभिमान ट्रस्टका एक संस्थापक आचार्य महाराजको जन्मदिन ४ अगस्तलाई विश्वभरि नै जडीबुटी दिवस पालन गरिन्छ। यहीक्रममा हाम्रो स्वाभिमान ट्रस्ट, पश्चिम बङ्गाल राज्य समितिको लिम्बू बस्ती, चेकपोस्ट अवस्थित कार्यालयमा जडीबुटी दिवस पालन गरेको हो। राज्य समितिकी प्रमुख श्रीमती कुमारी निरोलाद्वारा अध्यक्षता गरिएको कार्यक्रमको सञ्चालन रुबेन गुरूङले अनि समापन केदार खवासले गरेका थिए। कार्यक्रममा अध्यक्ष, सचिवलगायत कोषाध्यक्ष सुश्री करूणा छेत्री, सदस्यहरू रमेश निरोला, इन्द्र प्रधान अनि दिव्या निरोलाले आचार्य महाराजको जन्मदिनमा हार्दिक वधाइ दिएका थिए। त्यसपछि स्थानीय विभिन्न जडीबुटीको परिचय गराउँदै तीबाट मानव जातिलाई हुने फाइदाहरूको बारेमा जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त