Blood Donation Camp

सिक्किम राजभवनमा ७९औं स्व.दि.मा रक्तदान शिविर

Share this news

सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरको निर्देशनमा, ७९औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा सिक्किमको राजभवनले विशेष रक्तदान शिविर आयोजना गरेको थियो। शिविर एसटीएनएम अस्पताल, गान्तोकको ट्रान्सफ्युजन मेडिसिन विभागसँगको सहकार्यमा आयोजना गरिएको थियो।
यस अवसरमा, माननीय राज्यपालले रक्तदानलाई “जीवन दान” भनेर वर्णन गर्नुभयो र सबै नागरिकहरूलाई यस महान कार्यमा भाग लिन अपील गरे। उनले ट्रान्सफ्युजन मेडिसिन विभागका अधिकारी अनि कर्मचारीहरूसँग अन्तरक्रिया गरे अनि राज्यमा यस्ता शिविरहरूको नियमित आयोजनाको बारेमा सोधपुछ गरे। उनले रक्त बैंकमा विभिन्न रक्त समूहहरूको उपलब्धता स्थितिको बारेमा पनि छलफल गरे।
शिविरमा राजभवन परिवारका सदस्यहरू, इन्डो-तिब्बती सीमा पुलीस कर्मचारीहरू, सिक्किम राइडर्स क्लब, यंग इन्डियन्स सिक्किम च्याप्टर अनि यंग जेनेरेशन लोकल ट्याक्सी ड्राइभर-कम-ओनर्स एसोसिएशन, गान्तोकका प्रतिनिधिहरू सहित जीवनका विभिन्न क्षेत्रका नागरिकहरूले उत्साहपूर्वक भाग लिएका थिए।
माननीय राज्यपालद्वारा उपस्थित सबैको सेवा र समर्पणको भावनाको कदर गर्दै यस्तो महान् कार्यलाई निरन्तरता दिन प्रोत्साहित गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त