दक्षिण बंगालमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर भाजपाद्वारा खरसाङमा पोष्टरिङ

Share this news

खरसाङ, 30 जून (निसं)ः दक्षिण बंगालको एउटा ल कलेजमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर पिढीतले न्याय पाउनु पर्ने तथा बंगालमा राष्ट्रपति शासन लागु गर्ने मांग गर्दै भारतीय जनता पार्टीले खरसाङमा पोष्टरिङ गरेको छ। भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरु हाट बजार, पार्क लोकेशन, मोटर स्ट्याण्ड लगायत अन्य स्थानतिर पोष्टरिङ गरेको छ। दक्षिण बंगालमा भएको घटनाको विरोधमा तथा न्यायको मांग गर्दै खरसाङमा गरिएको पोष्टरिङमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधानसभा समष्टिको संयोजक आरबी लामा, भाजपा युवा शक्तिको जिल्ला सचिव बिनय प्रसाद, दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, पञ्चायत समिति सदस्या एंव खरसाङ गिध्द पहाड मण्डलको सभापति दिक्षा तामाङ, खरसाङ चिमनी देवराली मण्डलको सभापति सञ्जय थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त पोष्टरिङ कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले दक्षिण बंगालको ल कलेजमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर बंगालभरि विरोध भईरहेको छ भने यता पहाडमा पनि विरोध भईरहेको र हामीले पनि यस घटनाको विरोधमा र पिढिताले न्याय पाउनु पर्ने मांगमा पोष्टरिङ गरिएको बताएका छन्। उनले यस्तो दुष्कर्मको घटना बंगालमा नयाँ होइन भनी बताउँदै बंगालमा तृणमूलको लागि कानुन केही पनि होइन अनि बंगाल सरकार राज्यमा शासन चलाउन पूर्ण रुपमा असफल भएको छ भनी बताएका छन्। लामाले तृणमूल कांग्रेसलाई कानुनसित कुनै डर छैन र डराउँदैन पनि भन्दै बंगालमा झट्टै राष्ट्रपति शासन लागु गर्ने मांग गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपा युवा मोर्चा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले पश्‍चिम बंगालमा कानुन व्यवस्था कायम राख्नलाई राज्य सरकार पूर्ण रुपमा असफल भएको छ र अब तृणमूल कांग्रेस सरकारमा बस्ने कुनै अधिकार छैन भन्दै झट्टै बंगालमा राष्ट्रपति शासन लागु गर्ने मांग गरेका छन्। उनले राज्यमा चेलीबेटी असुरक्षित रहेको साथै कानुन व्यवस्था कायम राख्न राज्य सरकार असफल भएको कारणले बंगालमा राष्ट्रपति शासन लागु गर्नलाई राज्यपाल र केन्द्र सरकार समक्ष मांग गरेका छन्। त्यसरी नै पञ्चायत समिति सदस्या दिक्षा तामाङले पनि राज्यमा एकजना महिला मुख्यमन्त्री भएर पनि महिलाहरु सुरक्षित नरहेको बताउँदै बंगालमा महिलाहरुमाथि भएको विभिन्न घटनाहरु विषयमा जानकारी गराउँदै विरोध जनाएका छन्। भारतीय जनता पार्टीको तर्फबाट कानुन व्यवस्था कायम राख्न राज्य सरकार असफल भएको र बंगालमा झट्टै राष्ट्रपति शासन लागु गरिनु पर्ने माग गरेका छन्।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त