जन्म अनि मृत्यु प्रमाण-पत्रको एफिडेभिट शिविर समापन

Share this news

पेशोक-तक्दाह:27 जुलाई (निसं): रंगली-रंगलीयट खण्ड विकास कार्यालय अनि खण्ड पञ्चायत समितिको संयुक्त आयोजनामा प्रथम पल्ट आयोजन गरिएको जन्म अनि मृत्यु प्रमाण-पत्र बनाउन आवश्यक एफिडेभिट् गरिने कार्यको आज दोस्रो शिविर सम्पन्न भयो। रंगली-रंगलीयट खण्ड विकास अधिकारी मनाज कुमार पहाडी अनि खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीको विशेष उपस्थिति रहेको उक्त दोस्रो दिनको शिविरमा रोङचोङ , लाब्दा, रेसेप, मानेडाँडा अनि सिंग्रीताम ग्राम पञ्चायत क्षेत्रलाई लिएर गरिएको थियो। यस भन्दा अघिको शिविरमा लामाहट्टा, मानेडाँडा, तक्लिङ-1, तक्लिङ-2 , तक्दाह अनि रंगली ग्राम पञ्चायतलाई लिएर गरिएको थियो। उक्त शिविरमा पनि मानिसहरुको उपस्थिति ज्यादा रहेको कारण दोस्रो शिविर आयोजना गरिएको जनाएको छ। गत 12 जुलाईको दिन शुरु गरिएको उक्त शिविर रंगली- रंगलीयट खण्डमा नै पहिलो पल्ट आयोजन गरिएको खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीले जनाएका छन् । उनले विशेष गरेर शिविर राखिनुको तात्पर्य बारे बताउदै शून्य वर्षदेखि तीस बर्षसम्म सिमा भित्रका विद्यार्थी नानीहरु अनि जवानजनले जो स्कूल ,कलेज वा अन्य संस्थानतिर कार्यरत, अध्ययनरत छन् ,जसले अहिले सम्म जन्म प्रमाण-पत्र बनाएका छैनन् उनीहरुको सरकारी सहुलियतमा कुनै अवरोध नहोस ,वा ती सहुलियतबाट वञ्चित नहोस् भन्न  शिविर राखिएको सभापति छेत्रीले जनाए। अर्कोतिर विशेष  खासमहल क्षेत्रवासीहरुले विशेष जमिन म्यूटेसन-को निम्ति मात्र मृत्यु प्रमाण-पत्र बनाउनु पर्दैन, ग्राम पञ्चायतमा प्रोभिजनल डेथ सर्टिफिकेट-को व्यवस्था गरिएको बताउदै जमिन म्यूटेसन-को लागि मृत्यु प्रमाण-पत्र बनाउन आवश्यवक नपर्ने थप जानकारी गराए।8 सम्पन्न भएको दोस्रो शिविरमा तीन सय भन्दा ज्यादा मानिसहरुको उपस्थिति रहेको थियो । मुल गेट बाट प्रत्येकलाई टोकन दिइएको थियो, जो गएर आफ्नो पालो पर्खिनु पर्ने। जस जसले धेरै अघि जन्म अनि मृत्यु प्रमाण-पत्र बनाउन आवेदन गरेका थिए अनि उनीहरुको एफिडेभिट 6 महिना भएको छ, उनीहरुलाई पनि आजको शिविरमा बोलाईएको थियो। त्यसको निम्ति एक्जिक्यूटिभ मेजिस्ट्रेट उपस्थित रही सही गरेर उनीलाई उक्त प्रमाण-पत्र दिइने व्यवस्था खण्ड कार्यलय अनि खण्ड पञ्चायत समितिले गरेको सभापति छेत्रीले जनाए। छेत्रीले आजको भीड्लाई हेरेर यस्ता शिविर फेरि आयोजन गर्ने सोंच रहेको जनाए भने अर्को महिना देखि डीएस क्याम्प पनि हुने संकेत दिए। डीएस क्याम्प अर्थात् दैलोमा सरकार क्याम्पमा जन्म अनि मृत्यु प्रमाण-पत्र बनाउनको लागि एफिडेभिट अनि म्याजिस्ट्रेट-को उपस्थिति नहुने हुनाले अर्को शिविर आयोजना गरिने )बारे खण्ड कार्यलय अनि खण्ड पञ्चायत समितिले योजना सोचेको सभापति छेत्रीको भनाई छ। यस प्रकारको शिविर मार्फत धेरै ग्रामवासी अनि विद्यार्थीहरुलाई लाभ पुग्ने कुरोमा आफू रहेको मत व्यक्त गरे भने उपस्थित विद्यार्थी अनि अभिभावकहरुले पनि यस्तै मत रहेको बताए।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त