कलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान

Share this news

दार्जीलिङ, 21 जुन (निसं): दार्जीलिङको छोरा बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेको छ। आगामी 25 जुनदेखि शुरू हुने सीएफएल प्रिमियर लीग फुटबल खेलको पहिलो चरणमा  किडरपोर स्पोर्टिङ क्लब बनाम वारिएथलेटिक क्लबको माझमा आगामी 28 जुनको दिन भिडन्त हुने खेल विधाननगर एमएसए मैदानमा 3 बजेदेखि हुनेछ। पहाडी भेगको खेल जगतमा निकै चर्चित खेलाडी बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेर लीग प्रतियोगिताको निम्ति तैयारी रहेको जनाए। गत 15 जुनदेखि हुने सीएफएल प्रिमियर लीग प्रतियोगितामा किडरपोर स्पोर्टिङ क्लबको पक्षमा बिरेनले खेल्ने भएको छ। तर कतिपय कारण वश खेल तालिकाको मिति परिवर्तन भएकोले आगामी 25 जुनदेखि खेल आरम्भ हुने जनाए। अभेग क्षेत्र मजुवा ग्रामको छोरा बिरेन प्रधानलाई किडरपोर स्पोर्टिङ क्लबको रक्षापंतीको स्थानमा र 4 नम्बर जर्सीमा आगामी 28 जुनको दिन विधाननगर एमएसए खेलमैदानमा हुन गइरहेको कलकत्ता प्रिमियर लिगमा देखिने भएको छ। पहाडको विभिन्न गोल्डकपहरूमा युनाइटेड खरसाङ फुटबल क्लबको पक्षमा उत्कृष्ट खेल प्रर्दशन गर्दै रक्षापंक्तिको रूपमा पर्खाल सरह निर्धक्क खेल्ने बिरेन प्रधानलाई यस पटक प्रिमियर लीगमा देखिने भएको छ। धेरै दबावमा पनि निर्धक्क खेल्न सक्ने क्षमता भएको बिरेनले विभिन्न ठूलो-सानो खेलहरूमा दर्जनौं प्लेर्यस अफ द म्याचको उपाधिले सम्मनित भईसकेका उनको योग्यताले सीएफएल प्रिमियर लीगमा उनको पदार्पण भइरहेको दार्जीलिङ मजुवा ग्राम बतासे बस्ति अभेग क्षेत्रका प्रतिभा हुन उनिसँग दार्जीलिङ निवासी निवास राणा पनि किडरपोर स्पोर्टिङ क्लबबाट खेल्ने जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त