कल्याण राईको परिवारलाई भेट्न पुगे बिमल गुरुङ

Share this news

दार्जीलिङको लेबोङ कोतवली निवासी तथा गोजमुमो विद्यार्थी मोर्चा सदस्य कल्याण राईको सिक्किमको राजधानी गान्तोकमा भएको क्रुर, नृशंस र अमानवीय हत्याप्रति गोर्खा जनमुक्ति मोर्चाले गहिरो दुख व्यक्त गरेको छ। यो केवल व्यक्तिगत घटना नभई सम्पूर्ण सभ्य समाजको नैतिक मूल्य र विधिको शासनप्रतिको विश्वासमाथि गरिएको हमला भएको बताइएको छ। प्राप्त जानकारी अनुसार, एकजना पूर्व बन विभागका कर्मचारीले हत्याको जिम्मेवारी लिँदै गान्तोक थाना पुगेर आत्मसमर्पण गरिसकेको पुष्टि भएको छ।
यसक्रमम मोर्चा अध्यक्ष बिमल गुरुङले बिहीबार मृतकको घरबाटै सिक्किम पुलिसका उच्च अधिकारीसँग फोनमार्फत सम्पर्क गरी निष्पक्ष उच्च स्तरीय जाँचको माग गर्नुका साथै दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन्। यस जघन्य घटनाले मृतक परिवारलाई पारेको मानसिक पीडाप्रति अध्यक्ष बिमल गुरुङद्वारा गहिरो समवेदना प्रकट गरेका छन्, साथै गोर्खा जनमुक्ति मोर्चा पार्टीको पक्षबाट दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई हार्दिक सहानुभूति प्रकट गरेका छन्।

Bimal Gurung went to meet the family of Kalyan Rai

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त