बिमल गुरुङद्वारा नयाँ घर हस्तान्तरण

Share this news

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ तथा हाईवे संयोजक श्रीमान अर्जुन (अशोक) छेत्रीले कुमाई ९ नम्बर वार्डको फ्याक्ट्री लाइन निवासी उमेश छेत्रीको नयाँ घर पूर्ण रूपमा निर्माण गरि हस्तान्तरण गरेका छन्।
विगत केही समयदेखि असहज परिस्थितिमा जीवन यापन गर्दै आएका उमेश छेत्रीलाई सुरक्षित र व्यवस्थित वासस्थानको आवश्यकता थियो। यस परिस्थितिमा मोर्चा नेतृत्वद्वारा देखाइएको संवेदनशीलता र सक्रियताले स्थानीयस्तरमा ठूलो राहत पुर्‍याएको छ।

घर निर्माण कार्यमा स्थानीय युवाहरू, समाजसेवी तथा कार्यकर्ताहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। सामूहिक प्रयास, पारस्परिक सहयोग र नेतृत्वद्वारा देखाइएको सकारात्मक दृष्टिकोणले फेरि एकपटक सहकार्यको शक्ति देखाएको छ।
यस सफलतापछि स्थानीय बासिन्दाहरूले मोर्चाको जनजीवनप्रतिको संवेदनशीलता र व्यवहारिक सहायताप्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त