प्लास्टिक मुक्त परिवेश माथि सचेतता कार्यक्रम 

Share this news

पेशोक, 11 जुलाई(निसं):सिंग्रीतामको पण्डित जवाहरलाल नेहरु मेमोरियल विद्यालयमा प्लास्टिक मुक्त परिवेश माथि सचेतता कार्यक्रम गरियो।
प्लास्टिक मुक्त परिवेश सृजनाबारे हिजो तक्दाह-ग्लेनबर्न समष्टि अधिनस्थ रहेको सिंग्रीताम स्थित पण्डित जवाहरलाल नेहरु स्मारक विद्यालयका विद्यार्थीहरुलाई लिएर सचेतना कार्यक्रम सम्पन्न गरिएको सिंग्रीताम ग्राम पञ्चायत सदस्य धिरज राईले जानकारी गराएका छन् ।राईले बताएका छन्, अहिले  क्षेत्रभरी प्लास्टिक समस्या एक गम्भीर समस्याको रुपमा अघि आएको सर्व विदितै छ् भने प्लास्टिक जन्य वस्तुले पारेको प्रतिकूल प्रभाव देखि अनभिज्ञ पनि छैन। अहिले जता ततै देख्न पाईने प्लास्टिकका थैलीहरु, प्लास्टिक बन्द खाद्य सामाग्रीका खोलहरुलाई जताततै नफ्याक्ने अनि त्यसलाई संग्रह गरिने बारे सचेतना गरिने कार्य भईरहेको छ् । त्यसै परिप्रेक्षमा हिजो रंगली-रंगलीयट खण्ड भीवीडी समितिका महासचिव नयन गुरुङले विद्यार्थीहरुलाई आफ्नो क्षेत्रहरु प्लास्टिक मुक्त राख्न के कस्ता पाईला लिइनु पर्ने भन्ने बारे अवगत गराउदै प्रकाश पारे भने वार्ड सदस्य धिरज राईले ग्राम पञ्चायतको सक्रियतामा अहिले क्षेत्रलाई प्लास्टिक मुक्त परिवेश बनाउने कदम चालिएको छ् जसमा विद्यार्थीहरु पनि यस बिषयमा सचेत होस् भन्ने अभिप्रायले यो सचेतता कार्यक्रम आयोजन गरिएको  जानकारी गराए। प्लास्टिक मुक्त परिवेश कसरी बनाउने अनि प्लास्टिक प्रयोग माथि न्यूनता कसरी ल्याउन सकिन्छ भन्ने बारे जनाइएको थियो। उक्त अवसरमा भिविडी सुपरभाईजर रविन्द्र राना , सिंग्रीताम ग्राम पञ्चायतका भिविडि प्लास्टिक संग्रहकर्ता, पण्डित जवाहरलाल नेहरु स्मारक विद्यालयका शिक्षक-शिक्षिकावर्ग, विद्यार्थीवर्ग, आदिको विशेष उपस्थिति रहेको थियो भनी ग्राम पञ्चायत वार्ड सदस्य धिरज राईले थप जनाएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त