पहाडी माइनेरेटी बोर्डद्वारा बिजनबारीमा जागरुक कार्यक्रम

Share this news

बिजनबारी,14 जुलाई(निसं): अल्पसंख्यक समुदायका मानिसहरुलाई सरकारद्वारा प्रदान गरिने विभिन्न सहुलियतहरुबारेमा जमिनी रूपमा अवगत गराउने प्रमुख उदेश्यको साथमा पश्चिम बंगाल पहाडी माइनरेटी बोर्ड-द्वारा एक सचेतनामुलुक कार्यक्रम बिजनबारीमा सम्पन्न गरियो। बिजनबारीको कराँटे हल प्रसाद भिल्लामा शनिबार आयोजित कार्यक्रममा माइनरेटी बोर्ड अध्यक्ष फादर डा. सोलोमन सुब्बा माइनरेटी बोर्ड विभागबाट जिल्ला सयोजक सरफराज अहमद, बिजनबारी खण्ड सयोजक डा. डेबिट राई, सचिव सुवास राई उपसभापति तारा सुब्बासंगै युवा एकाईको पक्षबाट रबी मगर लगायत बिजनबारी क्षेत्रभरीका विभिन्न शाखाहरु क्रमैले बिजनबारी, चुङथुङ, गोक, नेजी, झेपी, नयाँ नोर, रिम्बिक लगायतका अल्पसंख्यक नेतृत्वगण, स्वनिर्भर समुहका सदस्यहरुको साथमा सर्वसाधारणको विशेष रूपमा उपस्थिति थियो। कार्यक्रममा राज्य एव केन्द्र सरकारद्वारा अल्पसंख्यक समुदायका मानिसहरुलाई विभिन्न सहुलियतहरु प्रदान गर्ने योजनाहरु बनाएको भए पनि जागरुकताको कमिका कारण  तल्लो तहका मानिसहरु हालसम्म पनि यी सेवाहरुबाट वञ्चित हुनपरेकोले यस्तो कार्यक्रमको आयोजना गर्ने जमर्को कसेको बक्ताहरु बताए। यसका साथमा सरकारद्वारा प्रदान गरिने सेवाहरु बारेमा आफुहरु पुलको रूपमा काम गर्ने भएकोले सर्वसाधारणलाई आफुहरु पाउने सहुलियतहरुको बारेमा जानकारी चाहेमा आफुहरुसग सम्पर्क गर्ने आग्रह समेत बिजनबारी खण्ड सयोजक डा. डेबिट राईले गरे भने यस्तो योजनाहरु सर्वसाधारणलाई जानकारी गराउन स्वम उपस्थित भएकोमा बोर्ड चियरमेन फादर सोलोमन सुब्बा तथा विभागका जिल्ला सयोजक सरफराज अहमदप्रती आभार प्रकट गरे। अर्कोतिर सरकारले विभिन्न परियोजना मार्फत अल्पसंख्यकहरुलाई माथि उठाउने कोशिश गरेको भए पनि सर्वसाधारण मानिसहरु यसबारेमा अनबिज्ञ रहेकोले यसबारे जागरण गराउन जिल्लापाललाई कार्यक्रम गर्ने तथा विभागीय पक्षबाट उपस्थित भइदिने अनुरोध स्वरुप कार्यक्रम आयोजना गरिएको बोर्ड चियरमेन फादर सोलोमन सुब्बाले बताए भने कार्यक्रम आयोजना गर्ने अनुमति प्रदान गरेकोमा जिल्लापालप्रती उनले आभार प्रकट गरे। यसका साथै सर्वसाधारणलाई सरकारद्वारा अल्पसंख्यकहरुको निम्ति प्रदान गरिने सबै सहुलियतहरु उपभोग गर्ने अपिल गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त