उदय समाजको अर्द्ध वार्षिक सभापछि सचेतना शिविर

Share this news

भीरगाउँ, 3 अगस्त (निसं): उदय समाजको अर्द्ध वार्षिक सभापछि बाल सुरक्षा अधिकार माथि सचेतना शिविरको आयोजना गरियो।उदय समाजका सभापति दिनेस राईको सभापतित्वमा सम्पन्न अर्द्ध वार्षिक सभामा पूर्व कार्यकारिणीहरूको योगदानलाई स्मरण गर्दै उपस्थित सबैलाई न्यानो अभिनन्दन जनाइयो, समाजका कोषाध्यक्ष डीबी राईले हर-हिसाबको फाँटवारी सभामा राखे। आफ्नो गाउँ क्षेत्र अनि समाज विकासित गराउनमा समाजको भूमिका महत्वपूर्ण रहने कुरालाई व्यापक चर्चा गरियो भने आर्थिक कोष सुदृढ बनाउन र आइपरेको विभिन्न समस्याहरू समाधान गर्न नै समाजको पहिलो कर्त्तव्य रहेको कुरालाई  आत्मासाथ गर्नपर्ने निर्णय गरियो। अन्य विभिन्न विषयमा वहस गरिएको थियो। वार्ड सदस्य मोहन राईको विषेश उपस्थितिमा बाल-बालिका सुरक्षा,अधिकार समिति सभापति आरती शेर्पा,समितिका संयोजिका सुनिता राई, निन्दिय राई आदिको उपस्थितिमा सम्पन्न सचेतना कार्यक्रममा बाल-बालिका सुरक्षा अधिकार, बाल श्रममाथि सचेत गराउदै आमा-बाबा, गाउँ छिमेकी सबैले सतर्क भएर उनीहरूसित असल मित्रता बन्न सक्नु पर्छ अनि वरपर घरको नानीहरू बिग्रिनु नै आफ्नो नानीहरू बिग्रिनु सरह हो भन्ने कुरा सबैले बुझ्नु जरूरी रहेको बताए। घरको संस्कार उत्कृष्ट बनाउन प्रत्येक अभिभावकको कर्त्तव्य बन्छ, आफ्नो नानीहरूको देखरेख गर्न तिनीहरूलाई शारीरिक, मानसिक शोसन तथा त्रसित बनाउनु नहुने  साथै पढाई छोडेका विद्यार्थीहरूलाई अझ धेरै प्रेमभावले सम्झाउनु पर्ने बताए। बाल विवाहमा सचेत गराउनु पर्ने आदि कुराहरू क्रमशः मोहन राई, सुनिता राई, निन्दिया राई, दिनेस राई अनि सदस्य आरती शेर्पाले बिचार सुझाउ राख्दै,यस बालबालिका सुरक्षा अनि अधिकार सचेतना शिविरलाई क्षेत्रको प्रत्येक समाजमा धारावाहिक रूपले गरिने।मजुवा ग्राम वार्ड नम्बर एक भीरगाउँ कोशेली सार्वजनिक भवनमा सम्पन्न सचेतना शिविरमा स्थानीय वासीहरूको व्यापक उपस्थिति रहेकोमा हर्ष प्रकट गर्दै समिति सभापति आरती शेर्पाले सबैप्रति आभार व्यक्त गरेकी छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त