दुधेमाथि जोरोबाट पोख्रेबुङ निस्कने सड़क वैकल्पिक मार्ग बन्न सक्ने प्रबल सम्भावना

Share this news

खरसाङ, (निसं)ः खरसाङ महकुमा अन्तर्गत दुधेदेखि केही माथि जिरोबाट धैयाबापी चिया बगान, सिंहबोली चिया बगानकरो फेदी, बुङ्कुलुङ, चालिसे, कञ्चनपूर, नाम्सू, धेजिया हुँदै पोख्रेबुङ निस्कने मार्ग सिलगढ़ी अनि दार्जीलिङ माझको वैकल्पिक मार्ग बन्न सक्ने प्रबल सम्भावना छ। वर्तमानमा राष्ट्रिय राजमार्ग 110 मा अत्याधिक यान-वाहनको चलाचलले लगभग प्रत्येक दिन यातायत जामको स्थिति सृजना हुने गरेको छ। यो जामको समस्यालाई स्थायी रुपमा समाधान गर्नु हो भने वैकल्पिम मार्ग नै उपयुक्त हो भन्ने निश्चित छ। यस्तो अवस्थामा दुधेमाथि जिरोबाट शुरु भएर धजिया बुँदै पोख्रेबुङ पुग्ने यो मार्गले वैकल्पिक मार्गको प्रबल सम्भावना बोकेको विभिन्न तहका मानिसहरूको मत छ। वर्तमानमा यो मार्गलाई जिरोदेखि बुङ्कुलुङसम्म पश्चिम बंगालको पीडब्लुडीले देखरेेख गरिरहेको छ। जिरोदेखि बुङ्कुलुङसम्म सड़कको अवस्था राम्रो पनि रहेको छ भने त्यहाँदेखि माथिको सड़क मरमतिको आवश्यकता देखिएको छ। वर्तमानमा यो सड़क भएर पोख्रेबुङ, नागरी, धजे अनि संलग्न क्षेत्रका गाड़ीहरू कुदिरहेका छन्‌‍। बुङ्कुलुङदेखि माथिको सड़कको अवस्था राम्रो नभएकोले धेरै चालकहरू यो सड़कमा गाड़ी कुदाउन त्यति नरुचाउने गरेको थाहा लागेको छ। यो सड़कको अवस्था राम्रो हुँदो हो त अझ धेरै संख्यामा गाड़ी कुद्ने छन्‌‍ भनी नाम्सु बस्तीका एक व्यक्तिले बताएका छन्‌‍। यो सड़क हुँदै पोख्रेबुङ भएर सुके पोखरी निस्किने गरिन्छ। यो सड़कलाई दार्जीलिङ गामी गर्नु हो भने धजिया अथवा पोख्रेबुङबाट धोत्रे बालासन तर्फ मोड़ेर निर्माण गर्न सकिने पनि नाम्सुका कतिपय मानिसहरूले बताएका छन्‌‍। यसो गर्न सकिएको खण्डमा आगामी दिनमा दार्जीलिङ अनि सिलगढ़ी माझ यसै सड़क भएर धेरै संख्यामा गाड़ी चलाचल हुने भएकोले राष्ट्रिय राजमार्ग 110 मा यान-वाहनको बोझ कम हुने र यातायत जामको समस्यामा कमी आउने धेरैको मत रहेको छ। यद्यपि सांसद राजु विष्टले यो मार्गलाई दार्जीलिङ अनि सिलगढ़ी माझको वैकल्पिम मार्गको रुपमा विकसित गर्ने माग गर्दै केन्द्रीय सड़क अनि परिवहन मन्त्री नितिन गडकरीलाई अनुरोध गर्दै ज्ञापन बुझाएको खबरहरू छापामा आइसकेको छ। संसदको यो कार्यले यो सड़क आगामी दिनमा वैकल्पिक मार्गको रुपमा विकसित हुने सम्भावनालाई बढ़ाएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त