खरसाङ महकुमा खेलकूद संघको सभा आयोजित

Share this news

खरसाङ महकुमा खेलकूद संघको सभा संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा बुधबार आयोजन गरिएको थियो।‌ सभालाई सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। सभामा गत 28 र 29 जूनमा खरसाङमा सम्पन्न दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरिएको थियो। यस अवसरमा स्व धर्मे तामाङको‌ परिवारलाई सङ्घको तर्फबाट धन्यवाद ज्ञापन गर्दै श्रद्धार्पण गरेर सम्मान जनाइएको छ। सभामा आगामी 13 जुलाईमा हुने ‌ टेबल टेनिस प्रतियोगिता विषयमा चर्चा परिचर्चा गर्दै टेबल टेनिस प्रतियोगिता तीनवटस वर्गमा खेलाइने‌ जसमा मेन्स सिंगल्स, गर्ल्स सिंगल र भण्डार 14 बोइस गरेर खेलाइने भएको छ। यस टेबल टेनिस प्रतियोगिता खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने भएको छ।‌ प्रतियोगिताको लागि बिजय राईलाई संयोजक चयन गरिएको छ। यसै सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 26 र 27 जुलाईमा हुने ‌ ब्याटमिन्टन प्रतियोगिता विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो।‌ यस विषयमा संघका उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त