खेला होबे दिवस तलवारबाजी प्रतियोगितामा पहाड़का प्रतियोगीहरू सहभागी

Share this news

खरसाङ, (निसं): दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै कल्पना छेत्रीको नेतृत्वमा चार प्रतियोगीको एउटा टीमले 16 अगस्तमा कलकत्तामा आयोजित “खेला होबे दिवसको“ तलवारबाजी प्रतियोगितामा भाग लिए । पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा युवाहरूमा विभिन्न खेलकुद प्रति प्रोत्साहन दिनको निम्ति उक्त कार्यक्रम एउटा पहल रहेको छ ।
दार्जीलिङ जिल्लाबाट उक्त कार्यक्रममा सहभागिता जनाउने टीमका सबै सदस्य फर्किएर आएपछि मार्शल आर्ट्स अनि फिटनेस अकादमीका सोनादा शाखा प्रबन्धन अनि विद्यार्थीहरूद्वारा स्वागत गरियो। प्रतियोगीहरूमा सिलगढ़ीबाट आयुष राई, सोनादाबाट मालविका खवास, अभेरी प्रधान अनि खरसाङबाट कृष्णा छेत्री सामेल थिए।
मार्शल आर्ट्स अनि फिटनेस अकादमीको टीमले तलवारबाजी प्रतियोगितामा भाग लिएर एक पल्ट पुन: आफूमा एउटा इतिहास रचेको दावी छ। दार्जीलिङ पहाड़बाट प्रथम पल्ट यस प्रतियोगिता अंशग्रण गर्दै ेपदकहरू जित्न सफलता प्राप्त भएको छ। दार्जीलिङ जिल्ला टीम म्यानेजर, कल्पना छेत्रीले उक्त प्रतियोगितामा भाग लिएका विद्यार्थीहरूको प्रशंसा गरेकी छन्‌‍।
तिनले बताए अनुसार, पश्चिम बंगाल तलवारबाजी संघका मुख्य प्रशिक्षक एवं राष्ट्रिय खेलाड़ी सन्तोष पाण्डेले यस प्रतियोगितामा भाग लिनको निम्ति दार्जीलिङ जिल्लालाई प्रोत्साहन गरेका थिए। फलस्वरुप अकादमीले आफ्नो विद्यार्थीहरूलाई उक्त प्रतियोगितामा पठाएको थियो । त्यति मात्र होइन, कलकक्तामा पाण्डेले विध्यार्थीहरूलाई तलवारबाजी लड़ाई वा खेलको बुनियादी अनि प्रमुख तकनीक सिकाउँदै प्रशिक्षण प्रदान गरेका थिए। यस बाहेक रक्षात्मक अनि आक्रामक चालहरूबाट कसरी अंक हासिल गर्न सकिन्छ आदि विषयमा ज्ञान प्रदान गरेका थिए।
मालविका खवासले दुई वटा वर्गमा भाग लिएकी थिए भने तिनी दुवै वर्गमा मोठ 8 राउण्ड लड़े अनि रजत साथै काँस्य पदक हासिल गर्न सफल भइन्‌‍। अभेरी प्रधानले 3 राउण्ड लड़िन्‌‍ अनि काँंस्य पदक हासिल गरिन्‌‍, कृष्णा छेत्रीले 5 राउण्ड लड़े अनि काँंस्य पदक हासिल गरे अनि सिलगढ़ीका आयुष राईले 5 राउण्डको सामना गर्दै रजत पदक जीते। आयोजक समिति दार्जीलिङ पहाड़को विद्यार्थीहरूको प्रदर्शनको प्रशंसा गरे । कल्पना छेत्रीले युद्ध कौशल गोर्खाहरूको रगतमा रहेको छ साथै यिनीहरूलाई उचित प्रशिक्षण दिइएको खण्डमा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विजय प्राप्त गर्ने क्षमता राख्छन्‌‍ भनी बतइन्‌‍। पहाड़मा चाँडै एउटा कोचिङ सेन्टर खोलिने योजना रहेको छ,जसमा मुख्य कोच सन्तोष पाण्डे रहनेछन्‌‍ तिनले विद्यार्थीहरूलाई प्रशिक्षण दिनेछन्‌‍ भनी तिनले बताइन्‌‍।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त