खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको सभा सम्पन्न

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको एक सभा अध्यक्ष शरद प्रधानको सभापतित्वमा बुधबार सम्पन्न भयो। सभामा ठेकेदार संगठन विषयमा धेरै सर-सल्लाह र चर्चा-परिचर्चा गरियो। खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्डहरुमा जति पनि विकासमूलक कार्यहरू भइरहेको छ ती सम्पूर्ण कामहरू नै पूर्ण सरकारी मापदण्ड अनुरुप स्तरीय रूपमा भईरहेको जानकारी पनि सभामा गराइएको छ। ठेकेदार संगठन विकासमूलक कार्यहरूमा मात्र सीमित नरहेर खरसाङ्को भलाईको निम्ति सदैव तत्पर रहेको पनि सभामा जानकारी गराइयो।यसै सभामा देबु गुरुङ, विष्णु तिरूवा अनि पासाङ लामाले खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनमार्फत अनित थापाको नेतृत्वलाई आत्मासात गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई समर्थन जनाएका छन्‌‍। उनीहरूलाई संगठनको सभापति शरद प्रधान र उप सभापति प्रेमेन्द्र गुरूङले उपस्थित सम्पूर्ण सदस्यहरुको सामु खदा लगाएर पार्टीमा प्रवेश गराए। अब उप्रान्त संगठनसंग समर्पित रहेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा एकबद्ध भई काम गर्ने उनीहरूले मन्तब्य राखेको जानकारी वीरबल पाखरीनले दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त