letter in response to Shankar

शंकर घोषको बयानको प्रतिक्रियामा राब्गे राईको पत्र

Share this news

आइजीजेएफका नेता राब्गे राईले सिलगढीका विधायक डा. शंकर घोषको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै पत्राचार गरेका छन्।
राईको प्रतिक्रिया यस्तो छः एकातिर सिलगढीका भाजपा विधायक डा० शंकर घोषले “शहर बाहिरका मानिसहरू” र “राजनीतिक नेताहरूले उक्साएका मानिसहरू” भन्ने आरोप लगाउँदै यस संवेदनशील घटनालाई नकारात्मक रूप दिनु र राजनीतिक रंग दिन अत्यन्तै प्रयास गर्दै छन् भने, अर्कोतिर हाम्रो पहाडका विधायकहरू मौन छन् !
सर्वप्रथम, डा० शंकर घोष, पीडितहरू पनि “शहर बाहिरकै” हुन्। दोस्रो कुरा, त्यहाँ उपस्थित सबै गोर्खाहरू “गोर्खा” भएको नाताले नै उपस्थित थिए, त्योभन्दा बढी केही पनि होइन त्यसमा कुनै “राजनीति” लुकेको थिएन। हो, स्थानिय जनताले पनि जात, धर्म, समुदाय, वा राजनीतिक आबद्धताबाट माथि उठेर पीडितहरूको पक्षमा आवाज उठाए पीडितहरूलाई साथ दिए र हामी त्यसका लागी, सिलगढीको गोर्खाप्रति कृतज्ञता र ऋणी छौं।
आदरणीय महोदय, म हजुरलाई यस समय मानवता र सहानुभूति दर्शाउने आग्रह गर्दछु र यस्तो आधारहीन, निन्दनीय र घृणास्पद आरोपहरू लगाएर यस संवेदनशील जातीय अपमानित र भावनात्मक पीडालाई राजनीतिक रूपमा प्रयोग नगर्ने अनुरोध गर्दछु।
हजुर जस्तो एक शिक्षित व्यक्तित्वले यस्तो निम्न स्तरमा गिर्न सक्नु हुँदोरहेछ भन्ने कुरा देख्दा म दुःखी र आश्चर्यचकित दुवै छु।
म तपाईंलाई स्मरण गराउन चाहन्छु कि अहिले सम्पूर्ण गोर्खा जातिको भावनामा गहिरो ठेस लागेको छ। गोर्खा जातिको चित्त दुःखेको छ र यस्तो कुराहरु गरेर तपाईंले घाउमा नुन छर्कने कार्य गरिरहनु भएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त