सड़क किनार होचो स्थानको ढकनी विहीन एमसी बस्क जोखिमपूर्ण

Share this news

खरसाङ, (निसं): खरसाङ शहरको महकुमा अस्पताल मुनि वर्द्धवान रोड किनारमा एउटा एमसी स्वीच बक्स धेरै समयदेखि ढकनी विहीन अवस्थामा रहेको छ। यो स्वीच बक्समा एमसीसित जोड़िएका तारहरू जोड़िएको स्थानमा नाङ्गो पाइएको छ। सड़क किनार भुइँमा बसाइएको यो एमसी स्वीच बक्स यसरी नाङ्गो अवस्थामा रहेकोले जोखिम भएको धेरै मानिसहरूको गुनासो छ। धेरै समयदेखि ढकनी विहिन अवस्थामा रहेको यो एमसी स्वीच बक्सको कारण अहिलेसम्म कुनै दुर्घटना नभए तापनि भविष्यमा दुर्घटना नहोला भन्न सकिन्दैन। तथापि यहाँबाट हिँड़िरहेका एक व्यक्तिले केही महिना अघि एउटा कुकुरले स्वीच बक्समा सुँघ्दा करेण्ट लागेर कराउदै भागेको बताए। ढकनी विहीन अवस्थामा रहेको यो एमसी स्वीच बक्सको बारेमा हिमालय दर्पणले केही महिना अघि सम्बन्धित निकायको ध्यानकार्षण गराउदै समचार छापामा ल्याएको भए तापनि अहिलेसम्म यस दिशामा कुनै कदम चालिएको छैन। यहाँबाट हिँड़िरहेका कतिपय मानिसहरूले यो एमसी स्वीच बक्स स्ट्रीट लाइटको रहेको बताए भने कतिपयले छैवैमा रहेको हाई मास्ट ल्याम्पको हो भनी बताए। तथापि यो एससी स्वीच बक्स बिजुली आपूर्तीको निम्ति रहेको र यहाँबाट बिजुली आपूर्ती भइरहेको छ। ढकनी विहीन नाङ्गो अवस्थामा रहेको यो स्वीच बक्सको नाङ्गो तारमा बाल-बालिका, मदिरा सेवन गरेका मानिस अथवा बजारमा घुमिहिँड़ने मानसिक सन्तुलन हराएका व्यक्तिहरूले छोएको खण्डमा दुर्घटना घट्न सक्ने सम्भावना रहेको छ। खरसाङ्का मानिसहरूले यस प्रकारले बिजुलीको एमसी स्वीच बक्स खुल्ला राक्न रहुने, कुनै कारणले ढकनी भत्किएको अथवा ढकनी हराएको हो भने तुरुन्तै यसको ढकनी लगाउन पर्ने यस प्रकारको बिजुलीको एमसी स्वीच बक्स भुइँमा नलगाएर उचाइ वा सुरक्षित स्थानमा लगाउन पर्ने बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त