राजु विष्टले गृहमन्त्री समक्ष स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र गर्ने माग गरे

Share this news

खरसाङ, (निसं): दार्जीलिङ्का सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले पहाड़, तराई, डुवर्सको स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र बनाउन पर्ने गृहमन्त्री अमित साहसित भेटेर माग गरेका छन्‌‍। विष्टले अमित साहलाई लामो समयसम्म गृहमन्त्रीको पदमा रहेर कार्य गरेकोमा दार्जीलिङ पहाड़, तराई, डुवर्सका जनताको तर्फबाट बधाई पनि दिएका छन्‌‍। यस भेटघाटको बारेमा जानकारी गराउदै सांसदले एक विज्ञप्तिमा भनेका छन्‌‍, आज मैले नयाँ दिल्लीमा माननीय गृहमन्त्री अमित शाहसँग भेट गरेँ। यस भेटमा मैले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट गृहमन्त्रीलाई भारतको सबैभन्दा लामो समयसम्म गृहमन्त्रीको रुपमा सेवा पऱ्याइरहेकोमा बधाई टक्राएँ। यस भेटमा मैले हाम्रो क्षेत्रसँग सम्बन्धित विभिन्न प्रशासनिक तथा राजनीतिक विषयहरूमा गृहमन्त्रीसँग छलफल गरेँ, विशेषगरी दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा न्याय, विकास र शान्ति सुनिश्चित गर्नका लागि स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र पार्नु आवश्यक रहेको कुरा मैले गृहमन्त्रीवाई जनाएँ। विष्टले अझ भनेका छन्‌‍, यस क्षेत्रका जनताको दीर्घकालीन आकांक्षालाई सम्बोधन गर्न केन्द्र सरकारको निरन्तर समर्थन र प्रतिबद्धताप्रति मैले गृहमन्त्रीसित आभार व्यक्त गरेको छु। गृहमन्त्रीलाई यस दिशामा तीव्र पाइला चालिदिने आग्रह गरेँ। गृहमन्त्रीले हाम्रो क्षेत्रको विशेष चिन्हारी र आकांक्षालाई सम्मान गर्ने संवैधानिक ढाँचामा स्थायी राजनीतिक समाधान गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको आश्वासन दिए। उनले गृहमन्त्रालयले यस विषयमा कार्य गरिरहेको बताउँदै, छिट्टै ठोस र सकारात्मक कदमहरू चालिने जानकारी मलाई दिए। बुधवारको यो बैठक पछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व र गृहमन्त्री अमित शाहको मार्गदर्शनमा हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताको उज्वल भविष्यप्रति अत्यन्त विश्वस्त छु भनी विष्टले विज्ञप्तिमा जनाएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त