नारी शक्तिलाई सक्रिय बनाउन समिति गठन

Share this news

खरसाङ, (निसं): 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टिको माथिलो चैतेपानीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अप्पर चैतेपानी शाखाको तत्वधानमा नारी शक्ति समष्टि अध्यक्षा सुष्मा मुखियाको सभापतित्वमा एउटा सभा सम्पन्न भयो। सभामा नारी शक्तिको चैतेपानी शाखा वर्तमानमा निष्क्रिय रहेकोले यसलाई सक्रिय बनाउन पर्ने वक्ताहरूले सुझाउ राखे। वक्ताहरूको सुझाउ अनि चर्चा-परिचर्चापछि उपस्थित नेतृत्व अनि सदस्यहरूको सुझाउ र सल्लाह अनुसार नारी शक्तिको चैतेपानी शाखालाई पुनः सक्रिय बनाउने सहमति भयो। सभामा नरी शक्ति चैते पानी शाखा पुनर्गठनको निम्ति प्रक्रिया सम्पन्न गरियो। नयाँ कार्यकारिणी समितिमा सभानेत्री मनमाला तामाङ, उप सभानेत्री सविता राई, पूर्णिमा रुचाल, सचिवा अम्बिका शर्मा, सह सचिवा पेमु सुब्बा, सीता रुचाल, कोषाध्यक्ष दिव्या थापा, सह कोषाध्यक्ष दिव्या थापा, दिपीका खवास अनि 10 जना कार्चकारिणी सदस्यहरू चयन भएका छन्‌‍। चैतेपानीका नारी शक्ति सदस्यहरूको बाक्लो उपस्थितिमा सम्पन्न यस सभामा 28 नम्बर समष्टि नारी शक्तिका सदस्यहरू, उत्तर शिव खोला नारी शक्तिका सदस्यहरू, सिमानाटार नारी शक्तिका सदस्यहरू साथै सिमानाटार युवा शक्तिका अध्यक्ष अनुप पाख्रीन अनि अन्य युवा शक्तिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। सभामा समष्टिका प्रतिनिधिहरू अनि विभिन्न शाखाबाट आएका नारी शक्तिका प्रतिनिधिहरूले नारी शक्तिको सांगठनिक गतिविधिको बारेमा जानकारी गराएका थिए। तिनीहरूले नवगठित चैतेपानी नारी शक्ति कार्यकारिणी समितिका पदाधिकारीहरूको उर्जा बढ़ाउनको निम्ति प्रोत्साहित गर्दै नयाँ पदाधिकारीहरूलाई बधाई अनि शुभकामना दिए। 28 नम्बर सभानेत्री सुष्मा मुखियाले नयाँ गरी गठन गरिएको नारी शक्ति चैतेपानी शाखा कार्यकारिणी समितिका सदस्यहरूलाई बधाई दिँदै नारी शक्तिको भुमिका र महत्व बारे आफ्नो वक्तव्यमा प्रकाश पैरेकी थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त