सिलगढ़ीको घटनाको आईजीजेएफद्वारा भर्त्सना अनि पोस्टरिङ

Share this news

खरसाङ, (मोहन प्रसाद): सिलगढ़ीको हाकिम पाड़ामा एउटी गोर्खे चेलीलाई त्यहाँका कतिपय महिलाहरूले अपशब्द संगै विदेशीको लाञ्छना लगाइएकोमा सम्पूर्ण पहाड़ भरिनै विभिन्न पक्षबाट विरोध संगै यस्ता कार्यहरू विरुद्ध कड़ा कारवाही गर्नु पर्ने मांग भइरहेको छ। यस अवधि यसै मागलाई अघि बढ़ाउँदै, इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ शाखाद्वारा पनि खरसाङ बजारमा घटनाको घोर विरुद्ध गर्दै पोस्टरिङ गर्ने कार्य गरियो। पार्टी नेतृत्वहरूले एउटा प्रेस वार्ता मार्फत्‌‍ अपशब्द संगै विदेशीको लाञ्छना लगाउने ती असामाजिक महिलाहरूलाई पक्राउ गरेर कड़ा सजाय दिनु पर्ने मांग पनि गरे। इण्डियन गोर्खा जनशक्ति फ्रन्टको खरसाङ स्थित पार्टी कार्यालयमा बोल्दै, पार्टीको घैयाबारी 1 ग्राम पञ्चायतकी नेत्री शितल प्रधानले हाकिम पाड़ाको उक्त घटनालाई घोर निन्दा गरिन्‌‍। तिनले भनिन्‌‍, ती महिलाहरूले सम्पूर्ण गोर्खा जातिलाई नै विदेशीको लाञ्छना लगाउने कार्य गरेका छन्‌‍। उक्त घटनाको पार्टीको पक्षबाट घोर बिरोध गर्दछौँ। ती महिलाहरूले गोर्खाहरूले देशको निम्ति दिएका बलिदान जान्न अनि बुझ्नु आवश्यक रहेको छ। अभद्र व्यावहार गर्ने ती असामाजिक महिलाहरू विरुद्ध कड़ा सजाय हुनपर्छ । शितल प्रधान संगै पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीका महानदी संयोजक रणजीत सुब्बाले घटनाको घोर भत्सर्ना गर्दै यस्ता सामाजिक तत्वहरूले गर्दा सिलगढ़ीमा विभिन्न जात अनि सम्प्रदाय मिलेर बसिरहेको अवस्थामा एउटा साम्प्रदायिक भेदभाव ल्याउने चेष्टा भएको छ । प्रशासनले समाज हितमा अनि देश हितमा यस्ता असामाजिक तत्व विरुद्ध कड़ा कार्वाही गर्न पर्छ भनी माग गरे। पार्टी कार्यालयमा आयोजित भत्सर्ना सभामा पाण्डु ग्राम पञ्चायत संयोजक हेमन्त थापा, घैयाबारी 1 ग्राम पञ्चायत सह संयोजक विकास छेत्री, खरसाङ टाउन संयोजक रुधीर गुरुङ सहित पार्टीका अन्यान्य प्रतिनिधिहरूको उपस्थिति थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त