71 families

दानपावा 5-6 का 71 परिवार भागोप्रमोमा सामेल

Share this news

BGPM पार्टी पहाडको भविष्य हो। ययो राजनैतिक दल मात्र नभई पहाडको नयाँ सोच पनि भएको अनित थापाले दावि गरेका छन्।
दार्जीलिङ ब्लुमफिल्ड ऋषिहाट समष्टि अन्तर्गत नगरपालिका क्षेत्रको 5 अनि 6 वार्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थन कार्यक्रम आइतबार आयोजन गरिएको थियो। केन्द्रिय अध्यक्ष अनित थापाको उपस्थितिमा महासचिव अमर लामाको बाहुलीबाट लगभग 71 परिवारले पार्टीको झण्डा ग्रहण गरेका थिए।
समर्थन सभालाई सम्बोधन गर्दै अनित थापाले भने-BGPM पार्टी पहाडको भविष्य हो। हामी राजनैतिक दल मात्र होइनौं तर पहाडको नयाँ सोच पनि हौं। हामी दलको अस्तित्वको लडाईंमा होइन, पहाडको अनि समाजको परिवर्तनको सङ्घर्षमा मैदानमा उत्रेका छौं भन्ने बताए।
थापाले, चुनाव जित्ने हाम्रो रहर होइन। चुनाव जिताउने काम त जनताले गर्छ। उहाँहरूको सोचले चुनाव जिताउँछ। उहाँहरुले हाम्रो काम, व्यवहार, सोचलाई कसरी अनुभव गर्छन् त्यसैको आधारमा हामीलाई भोट दिन्छन् या दिँदैनन्। त्यसैले चुनावमा जित्छु भनेर हामी काम गर्दैनौं तर हाम्रो कामले कसरी समाजको सेवा हुन्छ अनि व्यक्तिको सोचलाई परिवर्तन गर्छ, त्यो हाम्रो उद्देश्य भएको बताए। उनले हाम्रो राजनीति समाज परिवर्तनको राजनीति हो भन्दै सत्ता मोहको राजनीति नभएको बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त