वार्ड नम्बर 5 र 6 -बाट 71 परिवारले समाउदै भागोप्रमो-मा सामेल

Share this news

दार्जीलिङ, 4 अगस्त(निसं): भरतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीएपीएम) पार्टी पहाडको भविष्य हो, हामी राजनैतिक दल मात्र होइनौ तर पहाडको नयाँ सोच पनि हौ भनी अनित थापा समर्थन कार्यक्रममा भनेका हुन्।
दार्जीलिङ ब्लुमफिल्ड-ऋषिहाट समष्टि अन्तर्गत नगरपालिका क्षेत्रको 5 अनि 6 वार्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थन कार्यक्रम सम्पन्न । केन्द्रिय अध्यक्ष अनित थापाको उपस्थितिमा महासचिव अमर लामाको बहुलीबाट लगभग 71 परिवारले पार्टीको झण्डा ग्रहण गरेका छन् ।
समर्थन सभालाई सम्बोधन गर्दै अनित थापाले भने-बीजीएपीएम पार्टी पहाडको भविष्य हो। हामी राजनैतिक दल मात्र होइनौ तर पहाडको नयाँ सोच पनि हौ। हामी दलको अस्तित्वको लडाइँमा होइन, पहाडको अनि समाजको परिवर्तनको सङ्घर्षमा मैदानमा उत्रेका छौ।
थापाले भने, चुनाव जित्ने हाम्रो रहर होइन। चुनाव जिताउने काम त जनताले गर्छ। उनीहरूको सोचले चुनाव जिताउँछ। उनीहरुले हाम्रो काम, व्यवहार, सोचलाई कसरी अनुभव गर्छन्, त्यसैको आधारमा हामीलाई भोट दिन्छन् या दिँदैनन्। त्यसैले चुनावमा जित्छु भनेर हामी काम गर्दैनौं तर हाम्रो कामले कसरी समाजको सेवा हुन्छ अनि व्यक्तिको सोचलाई परिवर्तन गर्छ, त्यो हाम्रो उद्देश्य हो। हाम्रो राजनीति समाज परिवर्तनको राजनीति हो, सत्ता मोहको राजनीति होइन।
उनले अझ भने, हामी गाली गर्ने, आरोप लगाउने राजनीति गर्दैनौं। हाम्रो राजनीति व्यवहारिक अनि सकरात्मक राजनीति रहेको छ। हामी कसैले उक्साउँदैमा उक्सिन्दैनौं। हाम्रोमा पनि तातो रगत बग्छ तर ठण्डा दिमागले निर्णय लिन्छौ। फरक यही हो। सबैलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा स्वागत छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त