दुई दिनमा बाँदरको आक्रमणमा तीन घाइते

Share this news

खरसाङ, (मोहन प्रसाद): खरसाङ्मा फेरि बेग्ला-बेग्लै घटनामा बाँदरको आक्रमणमा तीनजना घाइते बनेको जानकारी पाइएको छ। खरसाङ बजार क्षेत्रमा बाँदरको आतंक बढ्दै गइरहेको छ। प्राय: प्रति दिन नै बाँदरको उपद्रवले खरसाङ क्षेत्रको विभिन्न स्थानमा सबै वर्गका मानिसहरू भुक्तभोगी रहेका छन्‌‍। यस्तो परिस्थिति हुँदा-हुँदै पनि प्रशासन पक्षबाट बाँदरको समस्याको समाधानको निम्ति कुनै ठोस पाइला चालिएको देखिएको छैन। प्रायः प्रत्येक दिन बाँदरको उपद्रवबाट कुनै न कुनै घटनाहरू खरसाङ्मा भइ नै रहेको हुन्छ । यस अवधि गत दुई दिन भित्रमा खरसाङ्को बेग्ला-बेग्लै स्थानमा बाँदरको आक्रमणमा तीनजना मानिसहरूलाई घाइते बनेको खबर प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार, शुक्रवार खरसाङ बजार क्षेत्रस्थित व्हाइट अर्किड होटल नजिक बाटोमा हिँडिरहेका एक व्यक्तिलाई बाँदरले एक्कासी आक्रमण गर्दा उक्त व्यक्ति घाइते बनेका थिए भने अर्को एउटा घटनामा स्कूलबाट फर्किरहेका एकजना शिक्षकलाई बाँदरले एक्कासी आक्रमण गर्दा उक्त शिक्षिक बाँदरबाट बाँच्न खोज्दा लड़ेर खुट्टा पनि भाँचिएर घाइते भएको जानकारी पाइएको छ। त्यसरी नै अर्को एउटा घटनामा वाहनमा बसिरहेको एउटा चालकलाई वाहनको छप्परबाट बाँदरले आक्रमण गर्दा घाइते बनोको थाहा लागेको छ। यसै गरी दुई दिन अघि सिटोङ्गामी एउटा गाड़ीको हुडमा राखिएको सामन बाँदरले निकालिदिएर छरपस्ट पारिदिएको र कतिपय सामन लगिदिएको थियो। बाँदरद्वारा घटित यस्ता घटनाहरू खरसाङ्मा प्रायः प्रत्येक दिन खरसाङ्मा घटिरहेको छ। यस प्रकार बाँदरको आक्रमणमा परेर चोट लागेका मानिसहरू प्रायः खरसाङ महकुमा अस्पतालमा उपचारको निम्ति आइरहने गरेको त्यहाँका स्वस्थ्यकर्मीहरूले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त