द्वारे सरकारको क्याम्पसितै हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम, हरेक बुथलाई 10 लाख रुपियाँको राशि

Share this news

खरसाङ , (निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको तीनवटा बुथहरुलाई लिएर द्वारे सरकारको क्याम्पसितै पश्चिम बंगाल सरकारको हाम्रो गाउँ हाम्रो समाधान नयाँ कार्यक्रमको पनि आयोजना गरिएको छ। महानदी ग्राम पञ्चायतको सिविटार चियाबारीको दुईवटा बुथहरु र गिताङ्गे चियाबारीको एउटा गरी जम्मा तीनवटा बुथहरुलाई लिएर द्वारे सरकारको क्याम्पसितै हाम्रो गाउँ, हाम्रो समाधान अन्तर्गत तीनवटा बुथहरुमा पर्ने विभिन्न गाउँहरुका मानिसहरुलाई लिएर सभा पनि सम्पन्न भएको छ। ती तीनवटा बुथहरुमा 260, 261 र 262 रहेका छन्‌‍। यस अवसरमा तीनैवटा बुथहरुका स्थानीय जनसाधारणको बुनियादी समस्याहरु विषयमा जानकारी लिएर समाधान गर्न कोशिष गरिएको र तीनवटै बुथका विभिन्न गाउँहरुमा भएको समस्याहरुलाई लिएर कार्य गरिने जानकारी प्राप्त भएको छ। यस हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत आयोजित सभामा दार्जिलिङबाट एडिशनल मजिस्ट्रेट भूमि अनि भूमि सुधारको रामकुमार तामाङ, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, महानदी ग्राम पञ्चायतको सम्पूर्ण टिम उपस्थित रहेको जानकारी प्राप्त भएको छ। यस हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत एउटा बुथलाई विकासको लागि सरकारको तर्फबाट 10 लाख रुपियाँ प्रदान गरिने जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा जनताको हरेक समस्याहरु समाधानको लागि साथै हरेक गाउँमा विकास पुर्याउन हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम शुरु गरिएको र यस अन्तर्गत खरसाङ खण्डको पहिलो कार्यक्रम महानदी ग्राम पञ्चायतको तीनवटा बुथहरुलाई लिएर आयोजना गरिएको जानकारी गराएका छन्‌‍। उनले यो कार्यक्रम अन्तर्गत स्थानीय गाउँलेहरुले आफ्नो गाउँमा रहेको समस्याहरु बताउन सक्ने र यसको लागि तत्कालै राशि आवण्टन भएर विकासको निम्ति प्रदान गरिने भएको बताएका छन्‌‍। त्यसरी नै खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले पनि हाम्रो गाउँ हाम्रो समाधान विषयमा विस्तृत रुपमा जानकारी गराएकी छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त