दार्जीलिङ बचाउ अभियान

Share this news

सोनादा, (निसं): दार्जीलिङ-सिलगढ़ीगामी राष्ट्रिय राजमार्ग 110 परिसरमा फ्याँकिने अनियन्त्रित फोहोर-मैलाले समस्त दार्जीलिङ पहाड़को गरिमा धुमुलिएको राजाहट्टा एक्सप्लोर ग्रुपको भनाइ छ। राजाहट्टा खासमल बस्ती दार्जीलिङ पहाड़कै पहिलो जिरो वेस्ट भिलेजको रुपमा परिचित छ। यद्यपि गाउँ फोहोरशून्य भए तापनि दार्जीलिङ-सिलगढ़ीगामी राजमार्ग तथा रेलमार्ग परिसर फोहोरैफोहोर भएर दिनदिनै प्रदूषित बन्दै गइरहेको अवस्था छ। तथापि गाउँठाउँ, संघसंस्थाहरुको पहलले मात्रै दार्जीलिङ स्वच्छ पर्यावरणमैत्री बन्न नसक्ने महसुस गर्दै पहाड़का क्षेत्रीय र उच्च प्रशासनबाट पनि अबोप्रान्त कड़ा कानुनी कार्वाही लागू गरिनुपर्ने एक्सप्लोर ग्रुपको माग छ। राजाहट्टा एक्सप्लोर ग्रुपका महासचिव प्रताप राई अनुसार राजाहट्टा बस्तीले गाउँ स्वच्छताको पूर्ण प्रक्रिया र निरन्तरताको कारण अनाधिकृत रपमा भए तापनि जिरो वेस्ट भिलेजको टयाग पाएको छ। तर गाउँ पस्ने मूलद्वारअघि राष्ट्रिय राजमार्ग परिसरमा जताततै फोहोर फ्याँकिने गरेका जिरो वेस्टको ट्यागमाथि सन्देह खड़ा हुने सम्भावना देखेर नै अभियान शुरु गरिएको हो। आठमाइल बजारलाई केन्द्र गरि आरम्भ गरिएको अभियानद्वारा समस्त दार्जीलिङ पहाड़लाई आफ्नो गाउँठाउँ स्वच्छ पर्यावरणमैत्री बनाउने सन्देश दिनु चाहेको उनको भनाइ छ। ग्रामीण पर्यटनको आवधारणासँगै सामाजिक कार्य गर्ने उद्देश्य लिएर नवगठित संस्था राजाहट्टा एक्सप्लोर ग्रुपद्वारा आठ माइल बजार परिसर सफाई अभियान गरियो। कार्यक्रममा अतिथिका रुपमा गोराबारी-मार्गरेटसहोप ग्राम पञ्चायतका प्रधान पेम्बा तामाङ अनि अप्पर सोनादा ग्राम पञ्चायतका प्रधान दावा तामाङ उपस्थित थिए। कार्यक्रममा विशेषगरी राजाहट्टा आठ माइलका ससाना विद्यार्थीहरुलाई फोहोर व्यवस्थापनबारे व्यवहारिक ज्ञान पनि दिइयो। प्रायः एक घण्टा फोहोर संकलन अनि दुई घण्टा सेग्रीगेसनको समयावधि तय गरिएको कार्यक्रममा अतिथि प्रधानद्वय लगायत पञ्चायत सदस्यहरुले पनि सहभागीहरुसँगै फोहोर संकलनसँगै सेग्रीगेसनमा भाग लिए। यसै अवसरमा यो विशेष अभियानलाई एकदिने कार्यक्रममै सिमित नराखेर यस क्षेत्रमा अनियन्त्रित लापरबाहीका साथ जताभावी फोहोर फाल्नेहरुमाथि उचित कार्वाही गरियोस्‌‍ भनी एक्सप्लोर ग्रुपले गोराबारी-मार्गरेटसहोप ग्राम पञ्चायतका प्रधान पेम्बा तामाङलाई ज्ञापन पनि बुझायो। यस अवसरमा प्रधानद्वयले अब ग्राम पञ्चायत अधीन क्षेत्रलाई सफा-स्वच्छ पर्यावरणमैत्री बनाउने अठोट राखेर विभागीय तौरबाट कडा कार्वाही गर्ने आश्वासन दिए। कार्यक्रममा आठ माइलस्थित टिडी ग्रीन माइल, गोराबारी उप स्वास्थ्य केन्द्र, भागोप्रमो सोनाद-पचेङ समष्टि, युवा शक्ति लगायत राजाहट्टावासीले पनि सहयोग पुराएका थिए भने रेडियो पार्टनरका रुपमा रेडियो सलेसियन 90.8 एफएम रहेका थिए। बिहानैदेखिको दर्किने झरीबीच पनि सबैको सहयोगले कार्यक्रम सफल भएको बताउँदै सहयोगीहरुप्रति कृतज्ञता प्रकट गर्दै एक्सप्लोर ग्रुपका अध्यक्ष विशाल राईले आज संकलित फोहोरलाई पूर्णरूपमा सेग्रीगेसन गरिसकेको तथा यसलाई सुखा बनाएर टिडी ग्रीन माइललाई रिसाइकलको लागिजम्मा लगाउने भएको थप जनाएका छन्‌‍।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त