सन्त रोबर्टस् स्कूलमा दुईदिने विज्ञान प्रदर्शनी समापन 

Share this news

दार्जीलिङ,2 अगस्त(निसं):दार्जीलिङको एक प्रतिष्ठित शैक्षिक संस्थान सन्त रोबर्टस हायर सेकेण्डरी स्कूलको आयोजित दुई दिवसीय विज्ञान प्रदर्शनीको शुक्रबार विधिवत् रूपमा समापन भयो। विशेष रूपले आफ्ना विभिन्न प्रतिभाको सदुपयोग गर्दै विद्यार्थीहरूले भविष्यमा सफल वैज्ञानिक बन्ने मार्ग पाउन भन्ने उद्देश्यले प्रत्येक वर्ष सन्त रोबर्टस् स्कुलले यसप्रकारको कार्यक्रम आयोजन गर्दै आएको छ। यसप्रकारको कार्यक्रमको परिणादेखी माथि उठेका धेरै मेधावी विद्यार्थीहरु अहिले देशका ठूलठूला शैक्षिक संस्थानसंग जोडिएर काम गरिरहेका पनि छ भन्ने जानकारी सह-शिक्षक तथा मिडिया इञ्चार्ज सुनील राई प्रणामीले एक विज्ञप्ति मार्फत् जनाएका छन्।सह-शिक्षक तथा मिडिया इञ्चार्ज सुनील राई प्रणामीले जानकारी अनुसार, विज्ञान सँगसँगै सामाजिक विज्ञान ( सोसियल साईन्स)-का स्वनिर्मित कतिपय प्रचलित अनि ऐतिहासिक , सांस्कृतिक वाद्य यन्त्र तथा वस्तुहरू पनि विद्यार्थीहरूले तयार गरेर प्रदर्शनीमा राखेका थिए। विशेष गरेर  वेब्स, साउण्ड एण्ड म्यूजिक विषय (थीम)- सँग सम्बद्ध वस्तुहरूको निकै आकर्षक र उपयोगी 85 वटा सामाग्रीहरू यसवर्षको प्रदर्शनीमा देख्न सकियो। यस दुई दिने विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै दार्जीलिङको नामी सीबीएसइ स्कूल नोट्रेडेम एकाडेमीकी प्रधान अध्यापिका सिस्टर जेसी (एसएनडी)-ले सेन्ट रोबर्टस् स्कुलका कक्षा पाचौंदेखि कक्षा बाह्रौसम्मका विद्यार्थीहरूको यसप्रकारको विवेक र कला देखेर आफू धेरै प्रभावित भएको कुरो बताइन्। यसका साथै उनले विद्यार्थीहरूलाई निकट भविष्यमा असल वैज्ञानिक बन्ने शुभकामना दिए। यसका साथै प्रत्येक वर्ष यस प्रकारको उपयोगी कार्यक्रम गर्दै आएकोमा यस स्कूललाई बधाई पनि दिइन्।
साउण्ड विषयको प्रदर्शनीलाई मध्य नजरमा राखेर नेपाली भाषा शिक्षक पवन गुरुङको मार्गदर्शनमा विद्यार्थीहरूले  नेपाली भाषामा ध्वनि उत्पन्न गर्ने शारीरिक अवयवहरु विषयको प्रदर्शनी पनि प्रस्तुत गरिएको थियो । यसका साथै लाइब्रेरियन तथा सुपरिचित संगीत प्रशिक्षक प्रणय सिंहको निर्देशनमा  सेन्ट रोबर्टस् अर्केष्ट्रा समूहका विद्यार्थीहरूले लाइभ म्यूजिक पनि प्रस्तुत गरेर सुनमा सुगन्ध थपेको सह-शिक्षक तथा मिडिया इञ्चार्ज सुनील राई प्रणामीले बताए।
उनले अझ भने, कार्यक्रमको दोस्रो तथा अन्तिम दिन आज यस क्षेत्रका अन्य विभिन्न विद्यालयका विद्यार्थी र शिक्षक-शिक्षिका पनि आमन्त्रित थिए। यसका साथै आफ्ना कर्णधार नानीहरूका माता-पिता र अभिभावक पनि आएर प्रदर्शनीको अवलोकन गरे।
सबैले विद्यार्थीहरुद्वारा तयार पारिएको सङ्गीत सम्बन्धी वैज्ञानिक ढाँचा हेरेर आफूहरु लाभान्वित बनेको जनाउँदै सेन्ट रोबर्टस् का विद्यार्थीहरूको मुग्ध कण्ठले प्रशंसा गरे। विद्यालयको साइन्स एकाडेमी र सोसियल साइन्स एकाडेमीका  भारप्राप्त शिक्षकहरू क्रमैले  अनिल सुनाम, रबिन छेत्री, डेनिस लेप्चा अनि सञ्जय राईको मार्गदर्शन र निगरानीमा सञ्चालित यस कार्यक्रम यसपल्ट पनि सफलतापूर्वक सम्पन्न भएकोमा प्रधान अध्यापक रेभरेन् फादर माईकल सिंहले सन्तुष्टि व्यक्त गर्दै सबैप्रति आभार व्यक्त गरेको कुरो सह-शिक्षक तथा मिडिया इञ्चार्ज सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जनाएका छन्।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त