सन्त जोसेफ महाविद्यालयमा ओरिएन्टेसन कार्यक्रम

Share this news

दार्जीलिङ, 1 अगस्त (निसं): दार्जीलिङ सन्त जोसेफ महाविद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत जनाउँदै बुधबार ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरियो। दीप प्रज्ज्वलनबाट सुरू भएको कार्यक्रममा स्वागत सम्भाषण डिन डा. राधा शर्माले राखेकी थिइन् भने कार्यक्रममा प्राचार्य फादर डोनाटस कुजुरले महाविद्यालयमा पठन-पाठनको महत्त्वबारे अवगत गराउँदै अनुशासित भई राम्रो शिक्षा आर्जन गर्नु नै प्राथमिक धर्म रहेको बताए। यस्तै  कार्यक्रममा प्रशासनिक उप-प्राचार्य डा. रूपेश तिवारीले विद्यार्थीहरूलाई सफल भविष्यको कामना साथै स्वागत जनाएका थिए। यसपछि आकादमीक उपप्राचार्य फादर डा. विनय कान्डुलनाले विद्यार्थीहरूलाई महाविद्यालयका नीति नियमबारे अवगत गराएका थिए। जहाँ उनले महाविद्यालय तथा वर्तमान शिक्षा पद्धितिका नियमसँग अवगत गराउँदै विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा चाहिने कुरा ज्ञानवर्धक तरिकाले सुनाएका थिए। यसरी नै एनसीसी र एनएसएसका संयोजक दुवै कप्तान डा. धिरज ब्राह्मण र सह प्राध्यापक बलराम सापकोटाले विद्यार्थीहरूलाई एनसीसी र एनएसएस का बारे बताएका थिए।यस कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई ज्ञान, जोश-उत्साह दिने उद्देश्हरूलाई ध्यानमा राखेर आयोजना गरिएको थियो। प्राध्यापिका डा. रजनी देवानद्वारा सञ्चालित कार्यक्रममा प्राध्यापिका पार्वती राईले धन्यवाद ज्ञापन् दिएकी थिइन्। कार्यक्रममा विभिन्न विभागका प्राध्यापक प्राध्यापिका लगायत विद्यार्थीहरू उपस्स्थित रहेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त