शब्द समयको 144 औँ प्रकरण सम्पन्न

Share this news

खरसाङ, (निसं): शब्द समयको 144 औँ प्रकरण साविता गोम्देन साहित्य कक्ष सालबारीमा सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ वरिष्ठ कवि मोहन ठकुरीको वक्तव्य र कविता पाठद्वारा गरिएको थियो। रचना पाठको क्रममा टंक शर्मा, महेशकुमार सुब्बा, गंगा प्रधान, पूर्ण मंगर, मोनिका प्रधान, डा. हेमन्त काफ्ले, डा. पदमाश्री लक्ष्मी देवान, राजा पुनियानी, निर्मल सिञ्चुरीले कविता पाठ गरेर सुनाएका थिए। लीलबहादुर सोनारले मनप्रसाद सुब्बाद्वारा लिखित एउटा कविता र केही स्वरचित हाइकु सुनाए भने नीरा सुब्बा नेचालीले एउटा कविता र केही हाइकु सुनाइन्‌‍, मणिकुमार प्रधान र सुभाष छेत्रीले लघुकथा पाठ गरे भने कृष्णप्रधान ‌‘अर्पण‌’-ले एउटा रूपक पाठ गरे। कार्यक्रममा डीएस बम्जनले वक्तव्य राखेका थिए। अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यमा नेपालबाट बर्षेनी दिइने सर्वोच्च साहित्यिक सम्मान ‌‘मदन पुरस्कार‌’-का लागि अन्तिम चरणमा पुग्ने सात कृतिहरूमा प्रख्यात कवि मनप्रसाद सुब्बाको कविता-सङ्ग्रह ‌‘पञ्चतत्त्वको पालाम‌’ र चर्चित उपन्यासकार छुदेन काविमोको उपन्यास ‌‘उरमाल‌’ परेकामा हर्ष व्यक्त गर्दै ‌‘शब्द समय‌’को पक्षबाट दुवै कृतिकारहरूलाई हार्दिक शुभेच्छा जनाए। उनले दुवै कृतिबारे चर्चा पनि राखेका थिए। सभामा नरबहादुर छेत्री र रघुनाथ शर्मा पनि उपस्थित थिए।अन्त्यमा संयोजक जीत सुनारले धन्यवाद ज्ञापन राखेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त