दार्जीलिङमा पहिलोपटक राज्यस्तरीय ब्याडमिन्टन हुने

Share this news

दार्जीलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसन र वेस्ट बङ्गाल ब्याडमिन्टन एसोसिएसनको संयुक्त आयोजनामा आगामी अक्टोबर महिनामा दार्जीलिङमा पहिलो पटक वेस्ट बङ्गाल स्टेट र्या्ङ्किङ ब्याडमिन्टन टुर्नामेन्ट आयोजना हुने भएको छ। विशेष गरी अन्डर ११ वर्ष र अन्डर ९ वर्षका खेलाडीहरूलाई लक्षित गरी आयोजना हुन लागेको यस बृहत प्रतियोगितामा मिरिक क्षेत्रका धेरैभन्दा धेरै बालबालिकाहरूले सहभागिता जनाउन सकुन् भन्ने उद्देश्यले मिरिक ब्याडमिन्टन क्लबले दार्जीलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनसँगको सहकार्यमा मिरिकमा ‘ट्यालेन्ट हन्ट’ को रूपमा एक छनोट प्रतियोगिता आयोजना गर्दैछ। यो छनोट प्रतियोगिता आगामी १७ अगस्ट, आइतबारका दिन मिरिकमा हुनेछ। यस प्रतियोगितामा मिरिक महकुमा क्षेत्रका ९ वर्ष र ११ वर्ष उमेर समूहका छात्र तथा छात्राहरू दुवैले भाग लिन सक्नेछन्। मिरिक ब्याडमिन्टन क्लबले यसका लागि सबै प्राथमिक विद्यालय, अङ्ग्रेजी विद्यालय र उच्च विद्यालयहरूलाई आफ्ना विद्यार्थीहरूलाई सहभागी गराउन अनुरोध गरेको छ।
निःशुल्क रहने यो प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले मिरिक ब्याडमिन्टन क्लबका सदस्यहरूसँग ९८३२६५६०७७, ९७३३३५३१०८, ९७३३०८२००२ र ८९७२७७४१३० मा सम्पर्क गरी अगस्ट १२ सम्म आफ्नो नाम दर्ता गराउन सकिनेछ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त