सुन्तलामा झीङ्गाको आक्रमण रोक्न कीटनाशक वितरण

Share this news

भौगोलिक दृष्टिकोणले कृषि अनि वागवानीको लागि उपयुक्त मानिने मिरिक बस्तीका सुन्तला कृषकहरूलाई सुन्तलामा झीङ्गा कीराको आक्रमणलाई रोक्न आवश्यक सामग्री जीटीए कृषि विभाग मार्फत वितरण गरिएको छ। उक्त सामग्री कृषकहरूलाई मंगलबार जीटीए कृषि एवं वागवानी विभागका एमओडी सभासद मिलेस राई अनि मिरिक कृषि विभागका सह निर्देशिका श्रीमती विभूति रिजालको बाहुलीबाट वितरण गरियो। यस अवसरमा बोल्दै सभासद राईले मिरिक बस्तीका अधिकांश कृषकहरूले सुन्तला खेती गर्ने गरेको अनि हाल सुन्तलामा दाना लाग्न थालेकोले झीङ्गा कीराको आक्रमणले दानालाई क्षति गर्ने हुनाले सुन्तलाको दाना अनि बोटलाई सुरक्षित राख्न आवश्यक सामग्री साथै कीटनाशक वितरण गरिएको बताए। यता आवश्यक सामग्री प्रदान गरिदिएकामा स्थानीय कृषकहरूले हर्ष प्रकट गर्दै सभासद मिलेस राई अनि विभागीय अधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त