महानदी ग्राम पञ्चायत कार्यालय भवनको उद्घाटन

Share this news

तीनधारे, 27 जुलाई(निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको नयाँ कार्यालय भवनको उद्घाटन गरिएको छ। उक्त पञ्चायत भवनको उदघाटन खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापा र महानदी वरिष्ठ नागरिक एंव पूर्व शिक्षक शेखरचन्द्र प्रधानको बाहुलीबाट गरिएको छ। उक्त पञ्चायत भवनको उदघाटन समारोहलाई सञ्चालन गर्दै पञ्चायत सचिव पेन्छेन लमु तामाङले महानदी ग्राम पञ्चायत अन्तर्गत विभिन्न संसदहरुमा भईरहेको विभिन्न विकासमूलकहरु कार्यहरु विषयमा प्रोजेक्टरमा नक्शाहरुसहित विस्तृत रुपमा जानकारी गराएकी छन्‌‍। लगभग 20 लाख रुपियाँको खर्चमा निर्माण गरिएको र महानदी ग्राम पञ्चायत भवनको निर्माण कार्य पूरा भएको र प्रधान, उप प्रधानको कार्यालय माथिल्लो तलामा सारिएको बताइएको छ। यस उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापाले आफ्नो सम्बोधनमा महानदी ग्राम पञ्चायतले जीटीए क्षेत्रमा नै प्रथम स्थान ओगटेकोमा बधाई दिन्दै यो एकजनाको कामले मात्र होइन तर महानदी ग्राम पञ्चायतको टिम वर्कको कारणले हो भनी बताएका छन्‌‍। उनले खरसाङ खण्डमा रहेको 14 वटा ग्राम पञ्चायतहरुमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान अनुशासित र अनुभवी व्यक्ति रहेको साथै समय विषयमा सचेत रहने व्यक्ति रहेको पनि बताएका छन्‌‍। कार्यक्रममा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले मानिसले काम गर्दा अनुशासन र सठीक समय याद राख्नु आवश्यक हुन्छ भनी बताउँदै सबैले समयलाई ध्यानमा राखेर काम गर्नुपर्छ तब सफल हुन सकिन्छ भनी बताएका छन्‌‍। उनले पञ्चायत भवनको उद्घाटन समारोहमा उपस्थित सबैलाई धन्यवाद दिएका छन्‌‍। ङ्गकार्यक्रममा विशिष्ठ अतिथिको रुपमा उपस्थित शेखरचन्द्र प्रधान र खरसाङ ईञ्जिनियरिङ विभागका सहायक अभियन्ता दिपेन्द्र प्रधान आदिले पनि वक्तव्य राखेका थिए। यसै कार्यक्रममा महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने आँगनवाडी केन्द्रहरुलाई टेबलहरु प्रदान गरिएको छ। कार्यक्रममा महानदी ग्राम पञ्चायतको उप प्रधान सोनिका तामाङ, पञ्चायत समिति सदस्य कुसाङ लामा र सरिता मुखिया, पञ्चायत सदस्यहरु, स्थानीय समाजका प्रतिनिधि श्यामकुमार खवास, ईए विद्या सिंह र अर्पण छेत्री लगायत स्वास्थ्यकर्मी, आँगनवाडी कर्मीहरु, आशाकर्मीहरु, भीभीडीसी साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए। उल्लेखनीय छ 2024 मा महानदी ग्राम पञ्चायत जीटीए क्षेत्रमा नै प्रथम पुरस्कार प्राप्त गर्न सफल बनेको थियो। महानदी ग्राम पञ्चायतको पञ्चायत भवन उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले महानदी ग्राम पञ्चायत भवन 20 लाख रुपियाँको खर्चमा 70 प्रतिशत निर्माण गरिएको र बिजुली बत्तीको पनि जडान गरिएको जानकारी गराएका छन्‌‍। उनले यस कार्य असल रहेको पनि बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त