बिजनबारीमा लायन्स क्लब खरसाङको मेगा स्वास्थ शिविर 

Share this news

दार्जीलिङ,25 जुलाई(निसं):बिजनबारी सार्वजनिक भवनमा लायन्स क्लब खरसाङको मेगा स्वास्थ शिविरमा निःशुल्क आँखा जाँच, मोतिबिन्दु जाँच, मधुमेह जाँच अनि रक्तदान कार्यक्रम आयोजना गरियो। यो मेगा स्वास्थ शिविर लायन्स क्लब अफ खरसाङ, बिजनबारी पुलिस स्टेशन, बिजनबारी युनाइटेड युथ फोरम, बिजनबारी मर्चेन्ट एशोसिएसन अनि बिजनबारी आइ केयर सेन्टरको संयुक्त तत्वावधानमा सम्पन्न भएको थियो।
दार्जीलिङ जिल्लाका पुलिस अधीक्षक प्रवीण प्रकाश आईपीएस-ले शिविरको अवलोकन समय विभागको लायन्स क्लबसंगको सहकार्य माथि बोल्दै भने, पुलिसले केवल अपराधी पक्रेर समाजलाई सुरक्षा दिने कार्य गर्दैन, पुलिसले रक्तदान जस्ता जीवन दान दिने कार्य पनि गर्छ। आज पुलिस विभागका धेरै कर्मचारीले रक्त दान गरे। समाजको सुरक्षा पुलिस एक्लैले गर्नु सक्ने कार्य होइन। पुलिसले केही समय अघि देखि लायन्स क्लब संग सहकार्य गरेर स्वास्थ्य माथि जागृति साथै जनतालाई स्वास्थ्य सेवा पुर्याउने कार्य पनि गरिरहेका छौ। लायन्स क्लबका अध्यक्ष विवेक गोयलले आजको स्वास्थ शिविर विषय भने, लायन्स क्लबले सहकार्यमा विस्वास राख्छ। त्यसैले आजको मेगा स्वास्थ शिविर लायन्स क्लबको मात्र नभएर बिजनबारी पुलिस स्टेशन, बिजनबारी युनाइटेड युथ फोरम अनि बिजनबारी मर्चेन्ट एशोसिएसनको पनि हो। हाम्रो उद्देश्य समाजको मानिसहरूलाई स्वस्थ सेवा दिनु रहेको छ ,जुन कार्य हामी एक्लै गर्नु सक्दैनौं।
क्लबका उपाध्यक्ष सरोज चौहानले जानकारी दिए अनुसार शिविरमा 150 जनाको मधुमेहको जाँच भयो। 97 जनाको आँखा जाँच भयो जसमा 10 जनामा मोतिबिन्दु पाईयो। त्यसरी नै 76 जनाले रक्त दान गरे। विद्यार्थीहरू, व्यापारीहरु, युवाहरु, सिभिक स्वयं सेवीदेखि लिएर क्षेत्रका साधारण मानिसहरूले शिविरको लाभ उठाएका थिए।
मेगा स्वास्थ शिविरका अध्यक्ष नवीन अग्रवालले भने, यस शिविरमा दार्जीलिङ पुलिसका अधिकारीहरू, स्थानिय सभासद्  भूपेन्द्र क्षेत्रीले पनि शिविरमा आफ्नो सहभागिता थियो।
अग्रवालले थप भने, मोतिबिन्दु पाइएको व्यक्तिहरूलाई क्लबले सिलिगुडी लायन्स अस्पतालमा  निःशुल्क अपरेसन गराउनेछ। आजको शिविरमा प्राविधिक सहायता सिलगढी लायन्स क्लब अनि भिजन क्लब खरसाङले दिएका थिए। आज दान गरिएका रक्त सिलगढी तराई लायन्स रक्त केन्द्रमा जमा गरिन्छ।शिविरमा दार्जीलिङ डीएसपी उज्ज्वल सरकार, पूल-बिजनबारीका ग्राम पञ्चायतका सदस्यहरु अनि लायन्स क्लबका दोस्रो जिल्ला गभर्नर शिवानी गोयनकाको विशेष उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त