माउन्ट कार्मोल अन्तर विद्यालय सुप्रीम कप च्याम्पियन

Share this news

दार्जीलिङ,25 जुलाई(निसं): माउन्ट कार्मोल स्कुल लामागाउँ इण्डिन फुटबल एसोसिएसनको तथा दार्जीलिङ फुटबल एसोसिएसन-को सहयोगमा आयोजित अन्तर विद्यालय राज्य स्तरीय फुटबल प्रतियोगिता सुप्रीम कपको जिल्ला स्तरीय अण्डर १४ को बिजेता बनेको छ। बुधबार दार्जीलिङको गोर्खा रगमञ्च खेल मैदान लेबोङमा आयोजित प्रतियोगिताको जिल्ला स्तरीय फाइनल खेलमा रामकृष्ण शिक्षा परिषद (आरकेएसपी) दार्जीलिङलाई ट्राई ब्रेकरमा 3-1 गोल अन्तरले हराउँदै दार्जीलिङ उपाधीसगै राज्य स्तरीय प्रतियोगिताको निम्ति छनौट भएको छ। खुबै रोमाञ्चक भएको खेलको दुबै हाफ गोलरहित सकिएपछि खेल ट्राइ ब्रेकरमा पुगेको थियो जहाँ माउन्ट कार्मोलले आरकेएसपीलाई 3-1 गोल अन्तरले पछि पार्दै जीत हासिल गर्‍यो।
प्रतियोगितामा जिल्लाभरका विभिन्न विधालयहरुका अन्डर 14 टीमले सहभागिता जनाएको थियो भने माउन्ट कार्मोलले क्वाटर फाइनलमा ज्ञानोदय स्कुल दार्जीलिङलाई तथा सेमी फाइनलमा एनडीए स्कुल दार्जीलिङलाई हराउदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको तथा विजेता दलले क्लस्टर लेभल हुदै जिल्ला स्तरीय प्रतियोगितामा भाग विद्यालयका मुख्य टीम कोच अमित सिङोकले बताएका छन।
 यसका साथमा यस्तो प्रतियोगिताहरु नै पहाडको फुटबल गरिमालाई फर्काउन तथा जमिनी रूपमा फुटबलको बिकास गर्नमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै खेल आयोजक समितिप्रती आयोजनाको निम्ति सिङोकले आभार प्रकट गरे।
स्मरण रहोस् सुप्रीम कप फुटबल प्रतियोगिता इन्डियन फुटबल एसोसिएसनको सहकार्यमा आयोजना हुने विद्यालय स्तरीय फुटबल प्रतियोगिता हो भने यसले प्रथम जिल्ला त्यसपछि कस्टर तथा राज्य स्तरीय प्रतियोगिता आयोजना गर्नेछ। यसका साथमा राज्य स्तरमा विजेता बनेका दललाई उमेर वर्गमा राष्ट्रिय  स्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसर सगै उत्कृष्ट खेलाडीलाई इण्डियन फुटबल एसोसिएसन-को माध्यमबाट राष्ट्रलाई नेतृत्व गर्ने अवसर प्रदान गर्नेछ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त