मंगलबारदेखी तकदाह ग्राम पञ्चायत क्षेत्र प्लास्टिक मुक्त घोषणा 

Share this news

पेशोक,24 जूलूई(निसं):क्षेत्र अनि गाँउ-समाज आदि प्लास्टिक मुक्त बनाउने अभियान चलिरहेको छ् भने प्लास्टिक जन्य वस्तुहरु ज्यादा प्रयोगमा आए पछि अहिले जताततै प्लास्टिक-का थैलाहरु फ्याकिएका देखिन्छ साथै यसले खोल्सा, झोडा आदिमा पनि समस्या सृजना गर्ने गरेको अनि यसले जमिन धस्किने ,पैह्रो जाने आदि जटिल समस्या झेल्न परिरहेकोलाई ध्यानाकर्षण गराउदै गाउँ समाज अनि क्षेत्रमा भएका प्लास्टिक जन्य वस्तुहरुलाई संग्रह गरेर रिसाईकल गरिने पहलबारे हरेक क्षेत्रहरुमा सचेतना गरिए बापत यसको प्रतिफल सकारात्मक देखा परेकोछ। यता तकदाह ग्राम पञ्चायतको पहलमा चलाएको प्लास्टिक मुक्त क्षेत्र बनाईने अभियान आज आएर सफल भएको छ् । आज सम्पन्न एक कार्यक्रममा तकदाह ग्राम पञ्चायत प्लास्टिक मुक्त भएको घोषणा गरिएको छ। रंगली-रंगलीयट खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि रंगली-रंगलीयट खण्ड विकास अधिकारी मनाज कुमार पहाडी थिए भने एडीसी तरण गुरुङ, युएनओपीएस दिपकर राई आदि विशिष्ट अतिथिको रूपमा  उपस्थिति रहेको अतीत गुरुङले जानकारी गराएका छ्न् ।
रंगली-रंगलीयट खण्ड पञ्चायत समितिका सहकारी सभापति ललित राई, तक्दाह ग्राम पञ्चायत प्रधान न्यान्सी रोङगोङ लेप्चा, उपप्रधान निलु, ग्राम पञ्चायत सदस्य जितेन राई,प्रियङ्का अन्य उपस्थिति रहेको कार्यक्रमलाई कर्माध्यक्ष प्रवेश लामाले सञ्चालन गरेका थिए ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त