कल्याणका हत्यारालाई फाँसीको सजाय दिनुपर्ने विनय तामाङको माग

Share this news

दार्जीलिङ, 24 जुलाई (निसं): सिक्किमको राजधानी गान्तोकमा दार्जीलिङको लेबोङ निवासी कल्याण राईको निर्मम हत्या भएकोमा क्षोभ व्यक्त गर्दै दोषीमाथि कठोर कानूनी कारवाही गर्नुपर्ने जीटीए-का सभासद विनय तामाङले माग गरेका छन्। उनले कल्याण राई एक सुशिल, शिक्षित, सरल अनि सभ्य युवा रहेको बताउँदै उनी गोर्खाल्याण्ड आन्दोलनको समय दार्जीलिङमा विधार्थी संगठनसित आवद्ध रहेको जानकारी गराएका छन्। हत्याराले आत्म समर्पण गरे तापनि सिक्किम सरकार अनि सिक्किम पुलिस प्रशासनले हत्यारामाथि कड़ाभन्दा कड़ा कानूनी कारवाही गर्नुपर्ने साथै न्यायपालिकाले हत्यारालाई फाँसीको सजाय दिनुपर्ने पनि माग गरेका छन्। उनले सिक्किम राज्यमा भइरहेको बढ़दो हिंसाप्रति चिन्तित छु भन्दै सिक्किम राज्यमा सिक्किमे जनता अनि बाहिरबाट आएका प्रत्येक नागरिकको सुरक्षाको पूर्ण जिम्मेवारी सिक्किम सरकार अनि सिक्किम पुलिस प्रशासनको हो भनेका छन्। एक समय दार्जीलिङ पहाड हिंसाले गर्दा असुरक्षित थियो भने अहिले सिक्किम दिन प्रतिदिन असुरक्षित बन्दै जाँदैछ, जो अति नै चिन्ताको विषय हो, तामाङले यसो भनेका छन्। उनी भन्छन्, एक समय सिक्किम भारतको सबैभन्दा शान्तिप्रिय राज्य थियो, सिक्किमले सो सम्मानित स्थान पुनः प्राप्त गर्नुपर्छ। सिक्किमले आफ्नो गरिमा फर्काई ल्याउनुपर्छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त