भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति दार्जीलिङ्ग शहर समिति गठन गरिएको छ। यसक्रममा पार्टीका संस्थापक वा केन्द्रीय अध्यक्ष अनित थापाले जतिबेला पनि पछि फर्केर हेर्छन् उनले युवाशक्तिका जोशिला भाइहरूलाई देख्ने गरेको बताए। थापाले भागोप्रमो राजनैतिक दल मात्र नभएर पहाडको भविष्य भएको दावि गरे। पहाडको नयाँ सोच हो। पहाडको भविष्य अनि नयाँ सोचलाई काँधमा बोक्ने युवाशक्तिका भाइहरू भएको बताए।












