निःशुल्क आँखा जाँच शिविर सम्पन्न 

Share this news

रिम्बिक,23 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टिको लोधोमा ग्राम पञ्चायत-1 अन्तर्गत वार्ड नम्बर-3 स्थित बाँसबोटे  स्वास्थ्य केन्द्रद्वारा आज नि:शुल्क आँखा जाँच शिविर आयोजना गरियो। स्थानिय सार्वजनिक भवनमा आयोजना गरिएको उक्त शिविरमा पञ्चायत सदस्यहरुको सहयोग रहेको थियो। यस शिविरमा आँखा रोग विशेषज्ञहरु क्रमैले  डाक्टर जेजो पावल मार्टिन,डाक्टर सुमित रजक , डाक्टर  इन्द्रजीत शाउ अनि डाक्टर सृजना तामाङ लगायत अन्य स्वास्थ्य कर्मीहरु, आइ सि डि एस कर्मीहरु, आशाकर्मीहरु उपस्थित रहेर मानिसहरूको आँखा जाँच गरेका थिए।  शिविरमा स्थानीय मानिसहरू लगायत विद्यार्थीहरु गरेर दुई सय भन्दा अधिक मानिसहरूले आँखा जाँच गरेका थिए। आँखामा समस्या हुने मानिसहरूलाई निःशुल्क  रूपमा दवाई वितरण गरे भने चश्मा पनि उपलब्ध गराउने भएको डाक्टरहरुद्वारा जनाएका छन्, साथै बिरामीहरूलाई उचित परामर्श पनि दिइयो। बाँसबोटे क्षेत्रबाट उचित स्वास्थ्य जाँचको लागि अस्पताल दार्जीलिङ्ग तथा सिलिगुडी जानु पर्ने हुन्छ, जुन यस क्षेत्रबाट अतिनै टाढा पर्छ, जसको कारण क्षेत्रबासीले धेरै  समस्या भोग्न परिरहेको समय यसरी आँखा जाँच शिविर आयोजना गरिदिएकोमा बाँसबोटे स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचरहरुप्रति पञ्चायत समिति अनि क्षेत्रबासीको पक्षबाट सदस्य नन्द कुमार लक्समले धन्यवाद दिएका छन्। यस शिविरमा क्षेत्रबासीले धेरै लाभ उठाउन सकेको पनि उनले जानकारी दिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त